हिल तराई प्राथमिक शिक्षक संगठनको आयोजनामा अभिनन्दन समारोह सम्पन्न

photocollage_202281919251878.jpg

खरसाङ: हिल तराई प्राथमिक शिक्षक संगठन तीनधारे क्षेत्र समितिको आयोजनामा तीनधारेको राजबारी सार्वजनिक भवनमा अभिन्दन अनि शुभकामना सभा शान्ति लामाको अध्यक्षतामा सम्पन्न भएको छ। समितिको अध्यक्ष राजेस थापाद्वारा सञ्चालित कार्यक्रममा तीनधारे क्षेत्रभरिका तीनजना अवकाशप्राप्त शिक्षक- शिक्षिकाहरू क्रमैले राणी राणा, सुरेशचन्द्र दर्नाल अनि नन्द किशोर तामाङलाई विदाईसहित सम्मान गरियो। यसको साथै दुइजना वयोवृद्ध शिक्षकद्वय बीबी गुरूङ अनि फ्रान्सिका दान गुरूङलाई शिक्षक सम्मान पुरस्कारले सम्मानित गरियो। सभामा हिल तराई प्राथमिक शिक्षक संगठन केन्द्रिय समिति अध्यक्ष प्रकाश सुब्बा, महासचिव शैलेस छेत्री, उपाध्यक्ष सरोज थापा, तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति रबीन सुब्बा, नारी शक्ति तीनधारे महानदी समष्टिको सचिव भगवती प्रधान प्रमुख रूपमा उपस्थित थिए। समारोहमा क्षेत्रीय सभासद नवराज छेत्रीलाई क्षेत्रीय समितिको पक्षबाट स्मृति चिन्ह प्रदान गरियो भने जिल्ला प्राथमिक शिक्षा परिषदका सदस्य विशाल शर्मा, किरण बरदेवा अनि शान्ता लामालाई भेटस्वरूप स्मृति चिन्ह प्रदान गरियो। शिक्षक कमल रिजालले स्वागत भाषण राखेका थिए भने सभालाई केन्द्रिय महासचिव शैलेस छेत्री, सभासद नवराज छेत्री अनि शिक्षक बीबी गुरूङ आदिले सम्बोधन गरेका थिए। सभामा नयाँ कमान प्राथमिक पाठशालाका नानीहरूले नृत्य प्रस्तुत गरेका थिए भने शिक्षिका शर्मिला रसाइलीले गीत प्रस्तुत गरेर समारोहलाई रोचक बनाएका थिए। समारोहमा स्थानीय अवकाशप्राप्त शिक्षा शिक्षिकाहरू अनि क्षेत्रीय समितिको सचिव अभिजित योञ्जन केन्द्रिय समिति सदस्य अनुराधा दर्नाल अनि मनिका ठटाल अनि प्रतित प्रतिन छेत्री पनि उपस्थित थिए भनी राजेस थापाले बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *