दार्जीलिङ सांसद राजु बिष्टद्वारा टोटगाउँको भ्रमण

IMG-20220819-WA0182.jpg

बाग्राकोट: आज दार्जीलिङ सांसद राजु बिष्ट एउटा विज्ञप्ति जारी गर्दै आफू बाग्राकोट ग्राम पञ्चायत अन्तर्गत टोटागाउँको भ्रमणमा गर्न गएको बताएका छन्। विज्ञप्तीमा तिनले जानकारी गराएअनुसार जलपाइगढी जिल्लाअन्तर्गत टिस्टा नदीको किनारमा अवस्थित टोटागाउँ वासीहरूका जमीन, खेतबारी, अनि घरहरू समेत दशकौंदेखि व्यापक भूक्षरणको चेपारोमा पर्दैआएको छ। बितेको सातामा मात्रै नौवटा घरहरूलाई उर्लेको टिस्टा नदीले बगाएर लगेको थियो। यहाँका वासिन्दाहरूले मलाई बताएअनुसार बितेका आठ वर्षदेखि राहत अनि सहायताको लागि जिल्ला प्रशासन तथा पश्चिम बङ्गाल सरकारसामु गुहार लगाउँदैआएको भएता पनि बाढ़ीको रोकथाम गर्न, वा उनीहरूलाई राहत तथा पुनर्वास प्रदान गर्न पैसाको अभावको बहाना गर्दै टीएमसी सरकारद्वाराअहिलेसम्म कुनै पाइलो चालिएको छैन।

यो कुनै एक्लो घटना होइन। टिस्टा नदीको मुन्तिर अवस्थित कैयौँ गाउँहरूले हरेक वर्ष वर्षा, अचानक आउने बाढ़ी अनि नदीको बढ़्दो स्तरका कारण व्यापक भूक्षरणको सामना गर्नु पर्दछ। टिस्टा नदीमा अनेकौँ बाँधहरूको निर्माणले गर्दा स्थिति झनै बिग्रेको छ किनकि वर्षा याममा नदीको प्रवाह नाटकीय ढंगले बढ्दछ, जबकि जाड़ो याममा नदी लगभग सुक्दछ। यसका कारण क्षेत्रमा पारिस्थितिकीय असन्तुलन उत्पन्न भएको छ, अनि टिस्टा नदीतट नजिक बसोबास गर्ने जनताहरूले जोखिमको स्थिति भोग्नु पर्दछ।

दार्जीलिङको तराई अनि डुवर्स क्षेत्र, कालेबुङ, अलिपुरदुआर, जलपाईगढी, उत्तर दिनाजपुर तथा कोच बिहार जिल्लाहरूमा दीर्घकालिक बाढ़ी रोकथाम तथा प्रबन्धन योजनाको अभावले ग्रामीण समुदायहरूलाई धेरै मात्रामा आर्थिक क्षति पुग्दछ र उनीहरूले पश्चिम बङ्गाल सरकारको अत्यधिक उदासीनताको कारण पीड़ा भोगीराख्नु परेको छ।

पश्चिम बङ्गालको टीएमसी सरकारले बाढ़ी प्रबन्धन योजनाअन्तर्गत केन्द्रीय सरकारबाट हजारौँ करोड़ रुपियाँ, साथै राष्ट्रीय आपदा प्रबन्धन एवं न्यूनीकरण योजनाअन्तर्गत आपातकालीन अनुदान प्राप्त गरेता पनि उसले समग्र उत्तर बङ्गाल क्षेत्रलाई बाढ़ी र भूस्खलनको जोखिम कम गर्नका लागि आवश्यक उपायहरूबाट वञ्चित राखेको छ। पहाड़मा हरेक वर्ष अनेकौँ ठाउँमा पैह्रो जान्छ, तर पैह्रो रोकथामका लागि आवश्यक न्यूनीकरण उपायहरू गर्ने दिशामा पश्चिम बङ्गाल सरकारले आजसम्म पटक्कै परवाह गरेको छैन। यस्तो अवस्था जारी रहन दिन सकिँदैन। हामीले यस मामिलालाई ग्रामीण विकास मन्त्रालय तथा अन्य सम्बन्धित मन्त्रालयहरू अनि केन्द्रीय निकायहरूमा उठाउने छौँ, र दार्जीलिङ पहाड़, तराई अनि डुवर्स क्षेत्रमा वर्षा, बाढ़ी तथा जल प्रबन्धन निम्ति एउटा सर्वांगीण योजना विकसित गर्ने माग राख्नेछौँ ताकि आगामी समयमा भूस्खलन, बाढ़ी तथा नदीघाट क्षरणका घटनाहरूलाई कम्ती पार्न सकियोस्।

व्यक्तिगत स्तरमा मैले आज पीड़ित परिवारहरूलाई आवश्यक राहत सामग्री उपलब्ध गराउँदै प्रत्येक पीड़ित परिवारलाई उनीहरूका घर पुनर्निर्माण निम्ति ५०,००० हजार रुपियाँ आर्थिक सहायता उपलब्ध गराउने छु। आज मसँग जलपाईगढीका माननीय सांसद जयन्त राय, सिलगढ़ीका माननीय विधायक डा. शंकर घोष, अनि बीजेपी-का अन्य नेताहरू, कार्यकर्ताहरू तथा क्षेत्रका सामाजिक कार्यकर्ताहरू हुनुहुन्थ्यो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *