श्री कृष्ण जन्माष्टमीको अवसरमा खरसाङको गुरुकुल ग्राम सुधार समितिद्वारा सम्वर्द्धना कार्यक्रम सम्पन्न

IMG_20220819_182648.jpg

खरसाङ: श्री कृष्ण जन्माष्टमी अवसरमा आज खरसाङको गुरुकुल ग्राम सुधार समितिद्वारा गुरुकुल आश्रममा एक सम्वर्द्धनाको कार्यक्रम आयोजना गरेका छन्। समितिको सभापति लोक नारायण प्रधानको सभापतित्वमा सम्पन्न समारोहमा स्थानीय एकसय पाँच वर्ष पुगेका वरिष्ट नागरिक दिल बहादुर गुरूङ अनि विगत चार दशकदेखि शव बोक्ने बाकस निर्माण गर्ने समाजसेवी गणेश प्रधानलाई नेपाली टोपी लगाएर, सम्वर्द्धना पत्र प्रदान गरेर अनि खदा माला लगाएर सम्वर्द्धना जनाइयो। त्यसरी नै कार्यक्रमको मुख्य अतिथि जीटीए कार्यकारी सभासद् श्याम शेर्पालाई पनि नेपाली टोपी अनि खदा लगाएर सम्मान जनाइयो। ईश्वरी प्रसाद शर्माले संचालन गरेको समारोहलाई स्मबोधन गर्दै सभासद श्याम शेर्पाले यस प्रकारको कार्यक्रममा सहभागी बन्न पाउनु आफैलाई भाग्यशाली ठानेको बताए। उनले गुरूकुल भवनको यस्तो जीर्ण अवस्थालाई ध्यानमा राखेर यसको जीर्णोद्धारको निम्ति सक्दो प्रयास गर्ने वचन दिए। उनले यहाँको पानीको समस्यालाई ध्यानमा राखेर यसको समाधान हेतु पनि कार्य शुरू गरिएको जनाए। गुरूकुल आश्रमका सचिव पण्डित केशव मिश्रले यसरी हाम्रो समाजमा वृद्ध-वृद्धाहरू पाउनु सौभाग्यको कुरा हो भन्दै सदैव हामीले हाम्रा समाजका यस्ता वरिष्ट नागरिकहरूलाई सम्मान गर्नु पर्ने बताए। तिनले वर्तमान समयमा भइरहेको विभिन्न महामारी, हैजा तथा विकृति र विसंगतिको कारणले गर्दा भविष्यमा वृद्ध-वृद्धाहरूनै देख्न नपाउने पो हो कि भन्ने आशंका पनि व्यक्त गरे। कार्यक्रममा गुरुकुल संस्कृत विद्यालयकी प्राध्यापिका पुनम गुप्ताद्वारा विविध भजन अनि भक्तिगीतहरू प्रस्तुत गरिन् भने अन्य भक्तजनद्वारा पनि भजनहरू प्रस्तुत गरिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *