अणुव्रत मण्डलको भोले बम राइस मिलमा छापामारी

0-a-Bhole-Bom-Rice-Mill

कोलकाता: पशु तस्करी मामिलामा पक्रा परेका बीरभूम जिल्लाका नेता अणुव्रत मण्डलको भोले बम राइस मिलमा छापामारी गर्न पुगेको केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई) का अधिकारीहरूले धेरै महंगा गाड़ीहरू भेटाएका छन्। यहाँबाट पाँच महंगा गाड़ीहरू भेटिएको छ, जसको रंग कालो छ र यसमा तृणमूल कांग्रेसको लोगो लागेको छ। यस बाहेक हरेक गाड़ीमा पश्चिम बंगाल सरकारको स्टीकर लागेको छ र यसको नम्बर पनि भीआईपी छ।

उदाहरणको रूपमा एउटा गाडीको नम्बर छ डब्ल्यु ५४यु ६६६६, आखिर बङ्गाल सरकारको लोगो लागेका यी गाड़ीहरूलाई यहाँ किन राखिएको थियो, यसबारे राइस मिल प्रबन्धनले कुनै पनि सन्तोषजनक जवाफ दिन सकेको छैन। यसको मालिक को हो, यसलाई लिएर पनि सीबीआईका अधिकारीहरू जाँचमा जुटेका छन्। खबर छ, यी गाड़ीहरूको माध्यमले अणुव्रत मण्डलको इशारामा काम गर्नेहरू बीरभूम र मुर्शिदाबादका विभिन्न ठाउँमा घुम्ने गर्थे र सुरक्षित रूपमा पशु तस्करीको निम्ति बाटो बनाउने गर्थे। स्थानीय मानिसहरूले बताएअनुसार अणुव्रत मण्डल र उनकी छोरी सुकन्या प्रायः यहाँ आउने गर्छन्। मिल प्रबन्धनसित सोधपुछ भइरहेछ र यी गाड़ीहरूलाई सील गर्ने प्रक्रिया पनि शुरू गरिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *