४ वटा पदक जित्न सफल जीटीए कराते टीम

IMG_20220819_115556.jpg

१९ अगस्तः नयाँ दिल्लीमा भएको १६औं अल इण्डिया इण्डिपेण्डेन्स कप कराते च्याम्पियनशीप २०२२-मा हिस्सा लिने कालेबुङका ४ जना खेलाड़ीले पदक जिते। गत १३ र १४ अगस्तको दिन नयाँ दिल्लीमा भएको यस प्रतियोगितामा कालेबुङका ८ जना कराते खेलाड़ीले हिस्सा लिएका थिए। सेन्सी सुशन थापाको प्रशिक्षणमा रहने सुशन्स कराते-डो-एकाडमीका यी ८ जना खेलाड़ीहरूले दार्जीलिङ गोर्खा कराते-डो एसोसिएशनको ब्यानरअन्तर्गत जीटीए कराते टीमको प्रतिनिधित्व गर्दै असल परिणाम हासिल गरे। यी ७ जना खेलाड़ीहरूमा प्रणाम खालिंग (१३ वर्षभन्दा मुनि बोइज)-ले स्वर्ण पदक जिते।

यसबाहेक अनिमेश राई (१४-१५ वर्ष) र अमिश फेन्शा भूटिया (जूनियर बोइज)-ले रजत पदक जिते। बिपिन विश्वकर्मा (जूनियर बोइज)-ले काँस्य पदक हासिल गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *