केन्द्रिय जनजाति मामिला राज्यमन्त्री सिक्किममा

IMG_20220818_225633.jpg

गान्तोक: केन्द्रिय जनजाति मामिला राज्यमन्त्री रेनुका सिंह तीन दिने सिक्किम भ्रमणमा आज सिक्किम आइपुगिन्। उनलाई सिक्किम सरकारको सामाजिक न्याय विभागका सचिव छिवाङ ग्याछो लगायत अन्य अधिकारीगणले मल्लीमा स्वागत जनाए।
आज साँझ नै केन्द्रिय राज्यमन्त्री श्रीमती रेनुका सिंहले पश्चिम सिक्किममा आकाङ्क्षी जिल्ला अन्तर्गत विभिन्न योजना अनि कार्यक्रमको समीक्षा गर्न “गेजिङ जिल्ला समीक्षा बैठकको” अध्यक्षता गरिन्। प्रधानमन्त्रीद्वारा जनवरी, २०१८ मा शुरु गरिएको आकाङ्क्षी जिल्ला कार्यक्रम देशको ११२ वटा अल्पविकसित जिल्लामा शीघ्र अनि प्रभावी रूपमा परिवर्तन ल्याउन लक्षित छ।

केन्द्रिय मन्त्रीले यस अवसरमा सरकार सबै नागरिकको जीवन स्तरमा सुधार ल्याउनका साथै “सबैको साथ, सबैको विकास र सबैको विश्वास”को मूलमन्त्रका साथ समावेशी विकास सुनिश्चित गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै भारतको अल्पविकसित जिल्लाहरूलाई पनि देशका श्रेष्ठ जिल्लाहरूकै हाराहारीमा ल्याउन लक्षित रहेको बताइन्।
मुख्य कर्ताका रूपमा राज्यले काम गर्नुपर्ने यो कार्यक्रम प्रत्येक जिल्लाको शक्तिमाथि केन्द्रित गर्नका साथै तत्काल सुधार उपायको आवश्यकता देखिएका पक्षहरूको सम्बोधन गर्नका साथै मासिक रूपमा प्रगतिको हिसाबले जिल्लाको स्तराङ्कन गरिन्छ।

भोलि गान्तोक फर्कने क्रममा श्रीमती सिंहले दक्षिण सिक्किमको सुन्तलेमा नवनिर्मित एकलव्य आदर्श आवासीय स्कूलको (ईएमआरएस) पनि उद्घाटन गर्नेछन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *