मन्त्री अरुण उप्रेतीद्वारा चारवटा अनलाइन सेवाको शुभारम्भ

IMG-20220818-WA0177.jpg

गान्तोक। राज्यका शहरी विकास विभागीय मन्त्री अरुण उप्रेतीले आज राज्य सचिवालय टाशीलिङस्थित उनकै अफिसबाट “इज डुइङ अफ् बिजिनेस” अनलाइन सेवाको शुभारम्भ गरे। यस अवधि उनीसँग शहरी विकास विभागका सचिव एमटी शेर्पा, अतिरिक्त सचिव श्रीमती बन्दना राई अनि विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो।

शहरी विकास विभागद्वारा शुरु गरिएको अनलाइन सेवाबारे सराहना गर्दै मन्त्री उप्रेतीले यो नयाँ सुविधा राज्यका जनतालाई झन्झटमुक्त पारदर्शी सेवा प्रदान गर्न अभूतपूर्व पहल रहेको मन्तव्य व्यक्त गरे। यस प्रकारको डिजिटल सेवामार्फत विभागले पारदर्शी अनि जनकेन्द्रित सेवा प्रदान गर्नसक्ने उनले विश्वास व्यक्त गरे। प्रक्रियामा ढिल्याईं नहुने भएकोले अनलाइन यो सेवा नागरिकहरूको निम्ति सुविधाजनक रहेको मन्त्री उप्रेतीले बताए। व्यवसाय गर्न सहज हुने चारवटा अनलाइन सेवाका लागि सफ्टवेयर विकसित गरेकोमा उनले राष्ट्रिय सूचना विज्ञान केन्द्र (एनआईसी)-को प्रशंसा गरे।

विभागीय सचिव एमटी शेर्पाले नागरिकहरूलाई व्यवसाय गर्न सहज होस् भन्ने यो अनलाइन सेवाको मुख्य उद्देश्य रहेको बताए। उनले जानकारी गराएअनुसार, एनआईसीले चारवटा अनलाइन सेवाको निम्ति सफ्टवेयर विकसित गरेको छ। शहरी क्षेत्रमा भूमिको पञ्जीकरणहेतू सीमा धारकहरूबाट एनओसी, पट्टा समझौताको धितोमा आवास ऋण प्राप्त गर्नको लागि एनओसी, शहरहरूमा कार्यक्रमहरू आयोजना गर्नको लागि अस्थायी अनुमति अनि पसलहरू, ठाउँहरू, आवास एकाइहरूको आवण्टनको गरेको मोठ चारवटा सेवाको निम्ति अब अनलाइन सेवा उपलब्ध रहनेछ।

यी सफ्टवेयर विकासको गरेवापत कार्यक्रममा मन्त्री अरुण उप्रेतीले एनआईसीका वरिष्ठ प्राविधिक निदेशक तिमफिस जी. नामग्याल, सफ्टवेयर डेभलपर फिनसोक ग्यात्सो तोप्गे अनि आकाश जेम्सलाई सम्बर्द्धना जनाइयो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *