सिड सेलले विश्व उद्यामी दिवस पालन गर्ने

IMG-20220818-WA0179.jpg

गान्तोक: आगामी २१ अगस्तको दिन सिड सेलले विश्व उद्यामी दिवस पालन गर्ने भएको छ। आज राजधानीस्थित जर्नलिस्ट यूनियनको कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संस्थाका उप प्रमुख संयोजक दिपेन सुब्बाले उक्त जानकारी गराएका हुन्। उनले बताए अनुसार उक्त कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहनेछन् भने शहरी विकास एवम आवास विभाग मन्त्री अरूण उप्रेती विशिष्ट अतिथिकोरूपमा रहने भएका छन्। सुब्बाले जानकारी गराए अनुसार यस वर्ष संस्थाले विश्व उद्यामी दिवस तीन दिवसीयरूपमा पालन गर्ने भएको छ, जसमा एमजी मार्गमा सिड सेलद्वारा छनौट गरिएका उद्यामीहरूले आफ्नो उत्पादनको प्रदर्शन गर्नेछन्। सो प्रदर्शनीको मुख्यमन्त्री स्वयंले निरीक्षण गर्नेछन्। एमजी मार्गको प्रदर्शनीको निरीक्षण पछि मुख्यमन्त्रीले मनन केन्द्रमा आयोजना हुने विश्व उद्यामी दिवसमा अंशग्रहण गर्ने भएका छन्। सो कार्यक्रम अन्तर्गत सिड सेलद्वारा स्थापनाकालदेखि अहिलेसम्म गरिएको गतिविधिबारे विस्तृतरूपमा जानकारी गराउने कार्यक्रमको सूचीमा अन्तभूक्त गरिएको उनले थप बताए। यसरी नै संस्थाका निर्देशक दुर्गा पी. प्रधानले आफ्नो सम्बोधनमा सो कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूलाई पनि आमन्त्रित गरिएको जानकारी गराए। विद्यार्थीहरूलाई अहिलेदेखि नै उद्यामी बन्नको निम्ति सचेत गराउनु पर्ने समयको माग रहेको कारण आमन्त्रित गरिएको बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *