विभिन्न स्थानमा सदभावना दिवस पालन

IMG-20220818-WA0170.jpg

गान्तोक: राज्यको चारै जिल्लाका सरकारी कार्यालयहरूमा सदभावना दिवस पालन गरियो। यसै क्रममा आज राजधानीस्थित टाशीलिङ सचिवालयमा पनि सदभावना दिवस पालन गरियो। यस अवसरमा राज्यका मुख्य सचिव एससी गुप्तले विभिन्न विभागका अधिकारीहरूलाई शपथ ग्रहण गराए। वास्तवमा प्रत्येक वर्षको २० अगस्तको दिन सदभावना दिवस पालन गर्दै आइरहेको छ।

देशका पूर्व प्रधानमन्त्री राजीब गान्धीको जन्म दिवसको अवसरमा देशभरि नै सदभावना दिवस पालन गरिन्छ। देशमा शान्ति, सामुदायिक सदभावना साथै सबै जाति भाषीहरूलाई बढावा दिने उद्देश्यले यो कार्यक्रम पालन गरिन्छ। राज्य सरकारले २० अगस्तको दिन भाषा मान्यता दिवस भएको कारण राज्य विदा घोषित हुनाले आज नै यो कार्यक्रम पालन गरिएको बताएको छ। सोही प्रकारले राज्यको सूचना एवम जनसम्पर्क विभागमा पनि सदभावना दिवस पालन गरियो।

यस अवसरमा विभागकी सचिव सिपोरा जी. तार्गेनले विभागका अधिकारीवर्गलाई शपथ ग्रहण गराइन्। यसरी नै पाकिम जिल्लामा पनि सदभावना दिवस पालन गरियो। पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेल लेप्चाले जिल्ला प्रशासनिक केन्द्रमा अधिकारीवर्गलाई शपथ ग्रहण दिलाए। यस अवसरमा पुलिस अधिक्षक कर्मा ग्याम्छो भोटिया, महकुमा अधिकारी थेन्डुप लेप्चा लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

यसरी नै सोरेङ जिल्लामा पनि सदभावना दिवस पालन गरियो। यस अवसरमा सोरेङ जिल्लाका जिल्लापाल भीम ठटालले विभिन्न विभागका अधिकारीवर्गलाई शपथ ग्रहण गराए। सोही प्रकारले मंगन जिल्लामा पनि सदभावना दिवस पालन गरियो। यस अवसरमा मंगन जिल्लाका अतिरिक्त जिल्लापाल तेञ्जिङ डी. डेञ्जोङपाले अधिकारीवर्गलाई शपथ ग्रहण गराए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *