केन्द्रीय परिवहन मन्त्री नितिन गडकरीद्वारा मुम्बईमा देशको पहिलो इलेक्ट्रिक एसी डबल डेकर बस उद्घाटन

0-a

मुम्बई: केन्द्रीय परिवहन मन्त्री नितिन गडकरीले बिहीबार मुम्बईमा देशको पहिलो इलेक्ट्रिक एसी डबल डेकर बसको उद्घाटन गरे। गडकरीले भने, ‘यस बसबाट मुम्बई-दिल्लीको दूरी केवल १२ घण्टामा तय गर्न सकिनेछ। यो बस मुम्बईका सर्वसाधारणको निम्ति सेप्टेम्बर महिनादेखि शुरू गरिनेछ। आधुनिकीकरणको दृष्टिले देशमा अझ् एक महत्वपूर्ण कदम उठाइएको छ। मुम्बई जस्तो भीड़ रहने ठाउँहरूमा लाखौं मानिसहरूले लोकल र बस सेवाहरूको प्रयोग गर्छन्। यसैले अब इलेक्ट्रिक डबल डेकर बसहरूलाई मुम्बईको उत्तम बसहरूको बेड़ामा सामेल गरिएको छl’

केन्द्रीय परिवहन मन्त्रीले भने, ‘प्रदूषणको दृष्टिले देशको निम्ति इलेक्ट्रिक बसहरू एक महत्वपूर्ण कदम हो। इलेक्ट्रिक बसमा यात्रा गर्नु धेरै सस्तो छl’ उनले लग्जरी बस यात्रा शुरू गर्ने विचारमाथि पनि जोड दिए। यस प्रकारको बसमा लामो दूरीको यात्रा पनि गर्न सकिन्छ। यस बसमा मुम्बईदेखि दिल्लीको यात्रा १२ घण्टामा सम्भव हुने  उनले बताए। यस अवसरमा नितिन गडकरीले आफ्नो ड्रीम हाईवेबारे भने, ‘नरीमन पोइन्टबाट दिल्लीसम्म सड़क बनाउनु एक सपना हो। अटोमोबाइल सेक्टरको कारोबारलाई ५० लाख करोड़सम्म लैजाने मेरो प्रयास छl’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *