एसएनएसले राज्यका मुख्य सचिव विरूद्ध आफ्नो अड़ान पुनः दोहोरायो

IMG_20220818_230921.jpg

गान्तोक: सिक्किमे नागरिक समाज (एसएनएस) ले राज्यका मुख्य सचिव एससी गुप्ता विरूद्ध भ्रष्टाचारको मुद्दालाई टुङ्गोमा पुऱ्याएर छोड्ने आफ्नो अड़ान पुनः दोहोराएको छ। यस बिषय एसएनएसले मुख्य सचिव बिरुद्ध पर्याप्त प्रमाणहरू रहेको पनि दाबी गरेको छ।

उल्लेखनीय छ, एसएनएसले मुख्य सचिवमाथि लगाएको भ्रष्टाचारको आरोप विरूद्ध मुख्य सचिवको पक्षमा दिल्लीका एक अधिवक्ताले २५ जुलाई एसएनएसका पदाधिकारीलाई नोटिस जारी गरेको छ। यस सम्बन्धमा आफ्ना प्रतिक्रियाहरू जनाउॅंदै एसएनएसका पदाधिकारीहरूले आफ्नो अड़ान फेरि दोहोराएका हुन्।

एसएनएसका अध्यक्ष भरत बस्नेतले आफुहरू विरूद्ध दिल्लीका एक अधिवक्ता मार्फत जारी गरिएको उक्त नोटिसलाई लिएर पनि मुख्य सचिवको मनसायमाथि शंका व्यक्त गरे। उनले मुख्य सचिव सिक्किममा छन् र यो मुद्दा पनि सिक्किमसॅंग सम्बन्धित रहेको बताउॅंदै आफुहरूलाई दुःख दिनका लागि यसरी दिल्लीका अधिवक्तामार्फत नोटिस जारी गरिएको हो भनी बताए। उनले कुनै पनि परिस्थितिमा पछि नहट्ने र संसारको कुनै पनि ठाउॅंमा गएर यो मुद्दालाई पार लगाउने बताए।

एक प्रश्नको जवाफमा अध्यक्ष बस्नेतले उक्त नोटिसमा मुख्य सचिवसॅंग माफी माग्नु पर्ने, नत्र कानूनी कारबाही गर्ने कुरा उल्लेख रहेको अवगत गराए। एसएनएसले नोटिसको जवाफ पठाइसकेको जानकारी गराउॅंदै उक्त नोटिसमा माग गरिएका कुराहरूलाई खारेज गरिदिएको उनले बताए। उनले दिल्लीमा एसएनएसका सदस्यहरूमाथि कुनै प्रकारको अप्रिय घटना घटेको खण्डमा यसको जिम्मेवारी मुख्य सचिव हुने बताए।

अर्कोतिर, उनले एसएनएस विरूद्ध दिल्लीबाट नोटिस पठाउनुको मुख्य कारण राज्य सरकारको राजनीतिक इच्छाशक्तिको कमी रहेको ठहर गरे। सरकारले मुख्य सचिव विरूद्ध कारबाही गरिदिएको भए आफुहरू दिल्ली जानु पर्ने स्थिति उत्पन्न हुने थिएन भनी उनले बताए। यसै क्रममा उनले यो मामिला पूर्ण रूपमा सिक्किम केन्द्रिय भएकाले यसको सुनवाई दिल्लीमा नभएर सिक्किममै हुनुपर्छ भन्ने आफ्नो पक्ष राखे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *