एउटा पेङ्गोलिन उद्धार

1627896446_untitled-design-4-1200x800.jpg

जलपाईगढ़ी: नागरकाटाको एक चियान कमानमा आज एउटा पेङ्गोलिन उद्धार भएको छ। एक श्रमिकले यस पेङ्गोलिनलाई समाएर वन विभागलाई सुम्पेको छ।

प्राप्त जानकारी अनुसार, केरन चिया कमानको फ्याक्ट्री लाइनमा बस्ने पुनाई ओराव नामको एक श्रमिक डायाना नदीमा नुहाएपछि घर फर्किरहेको थियो। तब उसले बारीमा कुकुरहरूले एउटा पेङ्गोलिनलाई समाउने प्रयास गरिरहेका देख्यो। पुनाई ओरावले कुकुरहरूबाट पेङ्गोलिनलाई बचाएर उसलाई आफ्नो घर लगे। यसपछि उनले वन विभागको डायना रेञ्जलाई यसको खबर दिए। खबर पाउनसाथ वनकर्मी घटनास्थलमा पुगे औं पेङ्गोलिनलाई आफूसित लगेर गए। डायना रेञ्जका रेञ्जर प्रणव दासले भने, ‘पेङ्गोलिन पूर्ण रूपमा स्वस्थ छ। जसलाई वाइल्ड राइफ विङलाई सुम्पिनेछ’।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *