देवकुमार खाती स्मृति नक्आउट फूटबलः मेचे बस्ती सजिलै सेमिफाइनलमा

IMG_20220818_183353.jpg

१८ अगस्त: बन्दाखेती स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित देवकुमार खाती स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा बिहीवार खेलिएको दोस्रो क्वार्टर फाइनल म्याचमा मेचे बस्तीले सजिलै जीत हासिल गऱ्यो। लंगभ्यू बन्दाखेती खेल मैदानमा आज भएको म्याचमा मेचे बस्तीले केकेएफसी नेपाललाई ४-१-ले पराजित गऱ्यो। म्याचमा २ गोल गर्ने विजेता टीमका रोशन छेत्रीलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २७ र २८ अगस्तमा खेलिनेछ। फाइनल ४ सेप्टेम्बरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ भनी आयोजक समितिको पक्षमा दीपराज तामाङले बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *