विधायक बीपी बजगाईद्वारा बाघमारा बस्तीमा पानीको कामको शिलान्यास

IMG-20220818-WA0132.jpg

सरकारी अधिकारीको अनुपस्थितिले विधायकको कार्य निष्पादनमा वाधा भएको छ: विधायक बीपी बजगाई

खरसाङ: खरसाङका भाजपा विधायक बीपी बजगाईले खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको बाघमारा बस्ती पुगेर पिउने पानीको एउटा प्रकल्पको शिलान्यास गरेका छन्। विधायक बीपी बजगाईले तीनधारेबाट बाघमारा बस्ती पुगेर जल जीवन मिशन अन्तर्गत घर घरमा पानी लानलाई पिउने पानीको योजनाको शिलान्यास गरेका छन्। विधायक बीपी बजगाईले नरिवल फुटाएर पानीको कामको शिलान्यास गरेका थिए। विधायकसित गोजमुमोका नेतृत्वहरू र कार्यकर्ताहरू लगायत बाघमारा बस्तीका प्रतिनिधिहरू उपस्थित रहेका थिए। उक्त शिलान्यास कार्यक्रमपछि विधायक बीपी बजगाईले बाघमारा बस्तीमा जल तीर्थ योजना अन्तर्गत भएको पानीको कामको निरीक्षण पनि गरेका थिए। उनले उक्त पानीको काम सही नभएको साथै ५८ लाखको लागतमा बनिएकोमा पानीको योजनामा अहिले पानी नआएको र केवल ट्यांकी मात्र बनिएको भन्दै यस विषयमा खोजी गर्ने बताएका छन्। उनले यो अधुरो रहेको पानीको काम पूरा गरिनु पर्ने र नयाँ शिलान्यास गरिएको पानीको काम अलग्गै हुनु पर्ने र काम राम्रोसितले हुनु पर्ने पनि बताएका छन्।

विधायक बीपी बजगाईले बाघमारा बस्तीमा पानीको कामको शिलान्यास कार्यमा विभागीय अधिकारीलाई बोलाएको तर नआएको भन्दै गत १४ अगस्तको दिन पनि खरसाङको सिटोङ अन्तर्गत नस्पति गाउँमा पानीको कामको शिलान्यास कार्यमा पनि विभागीय अधिकारीलाई बोलाउँदा पनि नआएको बताए। उनले यसरी सरकारी अधिकारीको अनुपस्थितिले विधायकको कार्य निष्पादनमा वाधा पुगेको भन्दै यस विषयमा कार्वाहीको लागि माथिल्लो तहमा लाने पनि बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *