बाघमारा बस्तीमा पुगेर खरसाङका विधायकले पानीको पुरानो योजनामाथि लगाएको आरोपको भागोप्रमोद्वारा खण्डन

IMG-20220818-WA0130.jpg

खरसाङ: खरसाङका भाजपा विधायक बीपी बजगाईले तीनधारे महानदी समष्टिको बाघमारा बस्तीमा गएर पानीको कामको शिलान्यास गरेपछि त्यहाँ भएको पुरानो पानीको काम विषयमा गरेको सोधखोज विषयमा आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा बाघमारा बस्तीको प्रतिनिधिहरूले विरोध जनाएका छन्। भागोप्रमोको पक्षबाट पत्रकारहरूसित कुराकानी गर्दै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको खरसाङ महकुमा समितिको उप सभापति एंव तीनधारे महानदी समष्टिको जोनल कमिटीको सांगठनिक सचिव जनक छेत्रीले विधायक बीपी बजगाई गाउँमा आएर सही कुरा नबुझी के के भनेको भन्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई बदनाम गर्ने चेष्टा मात्र गरेको र भागोप्रमोको छबिलाई धमिल्याउने प्रयास गरेको बताउँदै यसरी गाउँ गाउँतिर गएर सही कुरा नबुझी बदनाम गर्ने कार्य मात्र नगर्ने सुझाव राखेका छन्। उनले विधायकले गाउँतिर आएर सही कुरा नबुझी बदनाम गर्ने चेष्टा गर्नभन्दा जनताले जुन कुराको लागि भोट दिएर जिताएको छ त्यो पीपीएस र गोर्खाल्याणडको लागि कार्य गर्नु पर्ने सुझाव दिएका छन्।

पीपीएस र गोर्खाल्याण्डको महाकल बाबासित कसम खाएर खोई पीपीएस र गोर्खाल्याण्ड लिएर आएको भन्दै पहिला त्यो गर्नु पर्ने बताएका छन्। छेत्रीले बाघमारा बस्तीमा अहिले वर्षाको समय भएकोले ट्यांकीमा पानी नभएको कारण मुहानमा नै बन्द गरिएर राखिएको बताउँदै ५८ लाखको केवल ट्यांकी मात्र बनियो भनेर भन्नुभन्दा मुहानमा गएर चेक गरेको राम्रो हो र जुन ट्यांकी विधायकले देखाएको छ त्यो कुन कुन काम हो त्यसको सही कुरा बुझेर मात्र कुरा गरेको राम्रो हुन्छ भनी बताएका छन्। त्यसरी नै बाघमारा बस्तीको एकजना कृषक प्रमोद छेत्रीले यो जुन योजनाबाट यहाँ पानी आएको छ त्यसले मेरो बारीलाई फाइदा भएको कारण यो योजनाको पानी नहुँदा बारी बञ्जर थियो तर पानी आएपछि राम्रो भएको र यस योजनाबाट फायदा भएको बताएका छन्। उनले बरु यस पानीको कार्यमा एकजना हेरचाह गर्ने व्यक्ति सरकारले व्यवस्था गरिदिए राम्रो हुने बताएका छन्। खरसाङ समष्टीका विधायक बीपी बजगाईले शिलान्यासपछि पानीको कामको विषयमा पानीको ट्यांकी अघि भनेको हुनाले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पदाधिकारीहरूले पनि पानीको ट्यांकी अघि आएर विधायकको कुरामा प्रतिक्रिया दिएका छन्। यस कार्यमा भागोप्रमो सिविटार चियाबारी बुथको कार्यकारी सभापति कुसाङ लामा पनि उपस्थित थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *