पार्थ चटर्जीको बयानले नयाँ मोड लिन सक्ने सम्भावना

Partha-Chatterjee-1

कोलकाता: शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा पार्थ चटर्जी पक्रा परेका छन्।उनी राज्यका पूर्व मन्त्री पनि हुन्।उनै पार्थ चटर्जीले बिहीवार एक महत्वपूर्ण बयान दिएका छन्। कोर्टमा पेशीको समय उनले यस मामिलामा जो जो पनि सामेल छन्, तिनीहरू कसै पनि यसबाट बाँच्नेछैनन् भने।
ज्ञात रहोस पार्थ चटर्जी र अर्पिताको संयुक्त ठेगानाहरूबाट पचास करोड़ नगदी, ४.५ करोड़को सुन-चाँदीको आभूषण र अन्य धेरै गैरकानूनी समान उद्धार भएको थियो। यस विषयमा पार्थ चटर्जीले ती सबै सरसमानहरु उनको होइन भनी लगातार दाबी गरिरहेका छन्। सूत्रहरू अनुसार, उनको घरबाट उद्धार समानहरूको सम्बन्ध तृणमूल कांग्रेसको शीर्ष नेतृत्वसित छन्।उनले बिहीवार भनेका छन् कि यस मामिलामा जडित सबै नै यसबाट बाँच्नेछैन।उनको यस कथनलाई हालमा अत्यन्तै महत्वपूर्ण मानिन्दैछ। उनलाई पार्टीको प्राथमिक सदस्यता र मन्त्रीमण्डलबाट निष्कासित गरेपछि उनी तृणमूल पार्टीका नेतृत्वसित रूष्ट रहेको खबर छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *