खरसाङ बार एसोसिएशनको वकिलहरूद्वारा आजदेखि काम बयकट

IMG-20220818-WA0127.jpg

खरसाङ: खरसाङको जुनियर डिभिजन कोर्ट कम जुडिसियल कोर्टमा जर्ज नभएको भन्दै बार एसोसिएशन खरसाङको वकिलहरूले आजदेखि बयकट गर्ने निर्णय लिएको छ। खरसाङमा जम्मा तीनवटा कोर्टहरू क्रमैले ईसीजी कोर्ट, एडिशनल सेशन कोर्ट जसमा पोक्सो कोर्ट र स्पेसियल जर्ज कोर्ट पनि हुन्छ अनि जुनियर डिभिजन कोर्ट कम जुडिसियल कोर्ट रहेको छ। यसमा जुनियर डिभिजनल कोर्ट कम जुडिसियल कोर्टमा विगत १ महिनादेखि प्रिसाइडिङ अफिसर अनुपस्थित रहेकोले धेरै असुविधा भईरहेको कारणले गर्दा बार एसोसिएशन खरसाङले गत ३० जुलाईको दिन नै सभा बसेर निर्णय गर्दै सभाको प्रस्ताव जिल्ला कोर्ट र हाई कोर्टमा समेत पठाएको तर कुनै रेस्पोन्स नआएको कारणले बार एसोसिएशन खरसाङले आजदेखि बाइकट गरेको जानकारी बार एसोसिएशन खरसाङको सचिव अधिवक्ता रमेश अग्रवालले बताएका छन्। उनले पत्रकारहरूसित कुराकानी गर्दै यस विषयमा स्पष्टीकरण दिएका छन्। उनले बताए अनुसार जूनियर डिभिजन कोर्ट कम जुडिसियल कोर्टमा विगत एक वर्षदेखि समस्या झेल्दै गरेको र कोरोनाको समयमा पनि निक्कै समस्या झेल्नु अनि विगत एक महिनादेखि प्रिसाइडिङ अफिसरको अनुपस्थितिले गर्दा कार्य नभएकोले विगत ३० जुलाईमा सभा गरेर सभाको प्रस्ताव जिल्ला र हाई कोर्टमा पठाएको तर कुनै रेस्पोन्स नआएको कारणले आजदेखि हामीले यो कोर्ट ने बयकट गरेको बताएका छन्। सचिव रमेश अग्रवालले भने अनुसार यहाँ रेगुलर रुपमा जर्ज नभएको कारणले प्रोसेस चल्दैन अनि यसले गर्दा वकिलहरूलाई मात्रै होइन तर जनतालाई पनि हानी भईरहेको बताएका छन्। उनले केसहरूको प्रोसेस नभएकोले गर्दा मानिसहरू कोर्ट आउन छोड़ेपछि वकिलहरूको फिस नपाएको कारणले प्रोफेसनमा धक्का पुग्ने गरेको बताएका छन्। अग्रवालले बताए अनुसार हिज हामीले हामीले सभा गरेर आजदेखि कोर्ट बयकट गर्ने निर्णय लिएको र यो समस्या समाधानको लागि सम्बन्धित जिल्ला र हाई कोर्टको अधिकारीहरूले चाढ़ोभन्दा चाढ़ो पहल गरिदियोस् कारण जर्जबिना केही काम हुँदैन अनि समस्याको समाधान पनि हुँदैन भनी बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *