सिलगढीको ईस्टर्न बाइपासमा सडक दुर्घटनामा व्यक्ति गम्भीर घाइते

Accident-Rep-Image-1

सिलगढी: सिलगढीको ईस्टर्न बाइपासमा सडक दुर्घटनामा एकजना व्यक्ति गम्भीर रूपमा घाइते भएका छन्। घाइते व्यक्ति सिलगढी नगरनिगमको ३८ नम्बर वार्डको सूर्यसेन कोलनीको ब्लक बी निवासी धर्मेन्द्र रायको रूपमा चिन्हित गरिएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार गत राति धर्मेन्द्र राय स्कुटीमा सवार भएर आसिघर मोडदेखि जलेश्वरी बजारतर्फ गइरहेको समय पछिल्तिरबाट एउटा १२ चक्के लरीले स्कुटीलाई धक्का दिँदा तिनी गम्भीर रूपमा घाइते भएको बताइएको छ। स्थानीय मानिसहरूको सहयोगमा तिनलाई उद्धार गरेर सिलगढी जिल्ला अस्पतालमा लगेपछि त्यहाँबाट उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदिएपछि हाल तिनी उपचाराधीन अवस्थामा छन्। अर्कोतिर, घटनाको खबर पाएर आसिघर आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर लरी आफ्नो नियन्त्रणमा लिएको छ। उक्त इलाकामा रोड लाइट नभएकोले गर्दा नै प्रायः जसको दुर्घटनाहरू हुने गरेको स्थानीय मानिसहरूको आरोप रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *