लामो समयपछि खेलमा फर्किएर पराजित भए नडाल

IMG-20220818-WA0115.jpg

१८ अगस्तः रफायल नडाल ६ महिनाको ब्रेकपछि खेलमा फर्किए पनि उनको शुरुवात असल रहेन। नडालले मेसनमा जारी वेष्टर्न एण्ड सदर्न ओपन टेनिस टुर्नामेण्टमा बोर्ना कोरिच विरुद्ध तीन सेटको म्याचमा हारको सामना गर्नु पऱ्यो। कोरिचले स्पेनिश स्टारलाई ७-६ (९), ४-६, ६-३-ले पराजित गरी अघिल्लो राउण्डमा प्रवेश गरे। पुरुष एकलको इतिहासमा रेकर्ड २२ वटा ग्राण्ड स्ल्याम खिताब जित्ने नडाल ६ जुलाईपछि पहिलोपल्ट टेनिस कोर्टमा ओर्लिएका थिए। उनी यूएस ओपनको तयारी गर्न यस टुर्नामेण्टमा खेलिरहेका थिए। म्याच हारे पनि टुर्नामेण्टमा दोस्रो वरीयता प्राप्त अनि विश्व ऱ्यांकिंगमा तेस्रो स्थानमा रहने ३६ वर्षीय नडाललाई म्याचको अवधि फिट देखियो। म्याच दुई घण्टा अनि ५१ मिनटसम्म चल्यो। यस अवधि नडाललाई फिटनेस सम्बन्धित कुनै समस्या भएन। यसबीच तीनपल्टका ग्राण्ड स्ल्याम विजेता एण्डी मर्रे चाहिँ हारको सम्मुखीन भए। उनलाई ब्रिटेनकै क्यामरन नोरीले ३-६, ६-३, ६-४-ले पराजित गरे। यसबाहेक टेलर फ्रिट्जले विम्बल्डन फाइनलिस्ट निक किर्गियोसलाई ६-३, ६-२-ले पराजित गरी। यसरी नै १९ वर्षीय बेन शेल्टनले पाँचौं ऱ्यांकिंग भएका खेलाड़ी केस्पर रुडलाई उलटफेरको शिकार बनाए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *