एलियासूलाई दोस्रो राउण्डमै नक्आउट गरे बिजेन्दरले

IMG-20220818-WA0108.jpg

१८ अगस्त: भारतका स्टार प्रोफेशनल बक्सर बिजेन्दर सिंहले रिंगमा असाधारण पुनरागमन गरे। लामो समयपछि बक्सिंग रिंगमा ओर्लिने बिजेन्दरले बुधवार राति खेलिएको बाउटमा घानाका एलियासू सुलेलाई तीन मिनटभित्र नक्आउट गरी जीत हासिल गरे। बिजेन्दरको निम्ति यो लड़ाइँ खास रह्यो कारण उनले प्रतिद्वन्द्वीलाई एकपल्ट पनि आफूमाथि हावी हुने मौका दिएनन्। बक्सिंगमा भारतका पहिलो ओलम्पिक पदक विजेता अनि पुरुष विश्व च्याम्पियनशीपमा पदक जित्ने बिजेन्दरले रिंगमा ओर्लिनको साथै इलियासूमाथि दबाउ सृष्टि गरे अनि दोस्रो राउण्डमा घानाका बक्सरलाई चित् पारे। पेशादार बक्सिंग शुरु गरेपछि लगातार १२ वटा लड़ाइँ जित्ने बिजेन्दर आफ्नो १४औं बाउण्ट खेल्न रिंगमा ओर्लिएका थिए। रायपुरमा भएको ६ राउण्डको यस बाउटमा पश्चिम अफ्रिका बक्सिंग यूनियन च्याम्पियन बक्सर इलियासू दोस्रो राउण्डमै पराजित भए। बिजेन्दरले भारतको निम्ति बेजिंग ओलम्पिकमा काँस्य पदक जितेका थिए।

पेशादार बक्सिंगमा यो बिजेन्दरको १३औं जीत हो। पेशादार सर्किटमा उनी केवल एकपल्ट पराजित भएका छन्। गत वर्ष मार्चमा भएको बाउटमा उनलाई रुसका आर्तिश लोपसानले पराजित गरेका थिए। छत्तीसगढ़को रायपुरमा पर्पल गोट स्पोर्ट्सटेनमेण्ट एलएलपीको तर्फबाट आयोजित यो लड़ाइँ बलबीर सिंह जूनेजा स्टेडियममा खेलियो। यस बक्सिंग इभेण्टलाई हेर्न देश-विदेशका मानिसहरू आएका थिए। ओलम्पिक र विश्व च्याम्पियनशीप बाहेक बिजेन्दरले एशियन गेम्स र कमनवेल्थ गेम्समा पनि पदक जितेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *