डेङ्गुको प्रकोप बड्न थाल्यो, आतंकित सर्वसाधारण

IMG_20220817_234157.jpg

कोलकाता: पश्चिम बंगालको राजधानी कोलकातामा कोरोनाको साथ डेङ्गूको संक्रमण पनि तीव्र भएको छ। कोलकाता नगर निगम सूत्रहरू अनुसार, महानगरको कम्तीमा १३ वार्डमा लामखुट्टे जनित महामारीको संक्रमण फैलेको छ। राज्य स्वास्थ्य विभागलाई पनि यसबारे पूरा जानकारी दिइएको छ। कोलकाता बाहेक उत्तर २४ परगनाका धेरै क्षेत्रहरू पनि डेङ्गू संक्रमणको चपेटमा छन्, जसले गर्दा चिन्ता बढ्न थालेको छ।स्वास्थ्य विभागको एक सूत्र अनुसाहरू, यस साल डेङ्गू संक्रमणमा गत वर्षको तुलनामा सात गुणा वृद्धि भएको छ। यसलाई लिएर स्वास्थ्य विशेषज्ञहरूले सतर्क रहने सुझाउ पनि दिएका छन्। यो पनि जानकारी पाइएको छ कि बागुईहाटी र विधाननगर नगर निगमको १० नम्बर वार्डमा पनि केही मानिसहरू संक्रमणको चपेटमा परेका छन्, जसको विभिन्न अस्पतालहरूमा उपचार चलिरहेछ।त्यही अर्कोतिर, कोलकाताको वार्ड नम्बर ०६, २६, ५३,५९, ६९, ७४, ८२, ८३, ९३, ९४, ११२, ११७ र १२१डेङ्गूको चपेटमा छ। यहाँ तीव्र ज्वरो, जिउँ दुःख्नु र सर्दी-खोकीले पीड़ित मानिसहरूको रगतको नमूनाको जाँचमा संक्रमणको पुष्टि भईरहेछ, जसपछि यिनीहरूलाई विभिन्न अस्पतालहरूमा भर्ती गराइएको छ। मूल रूपमा कोलकाताको बेलेघाटा आईडी अस्पतालमा डेङ्गू संक्रमणको उपचार भईरहेछ। यहाँ कोरोना संक्रमित मानिसहरू पहिलेदेखि नै भर्ती छन्, जसले गर्दा प्रशासनको चिन्ता बढ़ेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *