राङ्गराङ जुनियर हाई स्कूलले पनि पालन गर्यो आजादीका अमृत महोत्सवअन्तर्गत ७६औं स्वतन्त्रता दिवस

IMG-20220817-WA0198.jpg

सिङ्ताम। उत्तर सिक्किम राङ्गराङ जुनियर हाई स्कूलले पनि आजादीका अमृत महोत्सवअन्तर्गत ७६औं स्वतन्त्रता दिवस पालन गर्यो। यस अवसरमा वार्ड पञ्चायत एम. बी. थापा मुख्य अतिथिको रुपमा उपस्थित थिए भने एसएमसीका सदस्यगण तथा स्थानीय मानिसहरुको उपस्थिति रहेको थियो। शिक्षक बलराम विश्वकर्माले सञ्चालन गरेको तथा स्कूल इन्चार्ज दावा छिरिङ लेप्चाद्वारा स्वागत जनाइएको यस कार्यक्रममा स्वतन्त्रता दिवसको महत्त्वबारे शिक्षिका रिन्जिङ डोमा भोटियाले अंग्रेजी भाषामा अनि शिक्षक देवाङ्ग राईले नेपाली भाषामा वक्तव्य राखे।

यस अवसरमा नानीहरुका निम्ति बेलुन ब्रस्टिङ, सिनियर गल्सका निम्ति म्युजिकल चियर्स, स्टाफ र अतिथिहरुका निम्ति पासिङ दी बल जस्ता खेलकूद रहेको थियो भने लेप्चा अनि नेपाली नृत्यहरुको प्रस्तुतिले कार्यक्रमको आकर्षण बढ़ाएको थियो। उक्त कार्यक्रममा शिक्षिका छुङ्की डोमा तामाङले सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *