जीटीए चिफ् अनित थापा सिटोङ लाठपञ्जार समष्टीको भ्रमणमा

IMG-20220817-WA0086.jpg

हेल्थ, टुरिजम अनि कृषिलाई बढाउन काम गर्नेछु: अनित थापा

खरसाङ: खरसाङको सिटोङ लाठपञ्चारको दुई दिने भ्रमणमा पुगेका जीटीए चिफ् एक्जीक्युटिभ एंव सिटोङ लाठपञ्जार समष्टीको क्षेत्रीय सभासद अनित थापाले हनुमानको प्रतिमा स्थापना गरी आफ्नो कार्य सुरु गरेका थिए। सिटोङ क्षेत्र पर्यटनको निम्ति प्रसिद्ध छ। थापा भन्छन- ‘यहाँ दैनिक रूपमा २ हजारदेखि पच्चिस सय पर्यटकहरुको प्रवेश भई रहेको छ। टुरिज्मलाई बढाउनु पनि यहाँको स्वास्थ्य सेवाको बडोतरी गर्नु अनिवार्य छ।’

त्यसरी नै उनले समष्टिको विकासको निम्ति बाटो निर्माण अनि पिउने पानी माथि काम गर्ने बताएका छन्।
थापाले कृषि क्षेत्र मुख्य हो र त्यसैले आर्थिक उन्नतिको निम्ति यहाँको कृषिलाई प्राथमिकता दिएर काम गर्ने थापाको प्राथमिकता रहेको बताएका छन्।

थापाले आफ्नो भ्रमण समय पिउने पानीको नौवटा प्रकल्पको शिलान्यास गरेका छन्। यो योजना अनुसार हरेक घरमा पाइपद्वारा घर घरमा पिउने पानी उपलब्ध गराइने छ।
खरसाङको सिटोङ-लाठपञ्जार समष्टि अन्तर्गत पब्लिक हेल्थ इन्जिनियरिङ डिपार्टमेन्ट खरसाङ डिभिजन अधीनस्थ जल-जीवन मिसन अन्तर्गत सिटोङको लोवर मामरिङ, मिडल मामरिङ, अप्पर तोर्योक, झोली बस्ती, मिलन धुरा, फरेस्ट बस्तिको पानीको कामको शिलान्यास लाठपञ्जीर कम्युनिटी हलबाट जीटीए मुख्य कार्यपाल अनित थापाले गरेका छन्। आजको यस कार्यक्रममा पीएचई विभागको कार्यकारी अभियन्ता मणि रतन मंग्राती उपस्थित रहेका थिए। त्यसपछि लाठपञ्जार अवस्थित जोगी खोला रक-क्लाइम्बिङको भ्रमण गरी यस ठाउँलाई लिएर पर्यटनमा धेरै उत्तम सम्भावना रहेको बताउँदै भावी दिनमा यसलाई लिएर योजना बद्धरूपमा कार्य गर्ने बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *