केन्द्रिय जनजाति मामिला राज्यमन्त्री रेनुका सिंह १८ देखि २० अगस्तसम्म सिक्किम भ्रमणमा

renuka_singh.webp

गान्तोक: केन्द्रिय जनजाति मामिला राज्यमन्त्री रेनुका सिंह १८ देखि २० अगस्तसम्म तीन दिने सिक्किम भ्रमणमा पश्चिम सिक्किम अन्तर्गत पेलिङ आइपुग्नेछन्। राज्यमन्त्री श्रीमती सिंहले आकाङ्क्षी जिल्ला अन्तर्गत विभिन्न योजनाको कार्यान्वयन एवं प्रगतिको सम्बन्धमा “गेजिङ जिल्ला समीक्षा बैठकमा” भाग लिनेछन्। भ्रमणको क्रममा दक्षिण सिक्किमको नाम्ची अन्तर्गत सुन्तलेमा नवनिर्मित एकलव्य आदर्श आवासीय स्कूलको पनि उद्घाटन गर्नेछन्। यसपछि सिक्किमका राज्यपाल अनि मुख्यमन्त्रीसँग भेटवार्तापछि २१ अगस्तको दिन नयाँ दिल्ली फर्कने कार्यक्रम रहेको पीआईबीले जानकारी दिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *