३१औॅं नेपाली भाषा मान्यता दिवसको अवसरमा तीन शिखर पुरुषलाई ‘कञ्चनजङ्घा राष्ट्रिय पुरस्कार २०२२’ ले अलङ्करण गरिने

IMG-20220817-WA0205.jpg

गान्तोक: ३१औॅं नेपाली भाषा मान्यता दिवसको अवसरमा नेपाली साहित्य परिषद् सिक्किमले तीन शिखर पुरुष सानु लामा, रञ्जीत गजमेर र विक्रमवीर थापालाई क्रमशः साहित्य, सङ्गीत र कला जगतमा दिर्घकालीन योगदान पुऱ्याएवापत् ‘कञ्चनजङ्घा राष्ट्रिय पुरस्कार २०२२’ ले अलङ्करण गर्ने निर्णय लिएको छ। आगामी २० अगस्तको दिन राजधानी गान्तोकको मनन केन्द्रमा आयोजन गरिने राज्य स्तरीय नेपाली भाषा मान्यता दिवस समारोहमा मुख्य अतिथिका रूपमा आमन्त्रित सिक्किमका राज्यपाल गंगा प्रसादको बाहुलीबाट विभुषित गरिने भएको छ। समारोहलाई सिक्किम सरकारका शिक्षा मन्त्री कुङ्गा निमा लेप्चाले अध्यक्षता गर्नेछन्।बुधवार नेपाली साहित्य परिषद् भवनमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै परिषद्का अध्यक्ष रुद्र पौड्यालले सम्पूर्ण भाषा-साहित्यप्रेमीलाई समारोहमा उपस्थित भइदिन आग्रह गरेका छन्। समारोहमा कालेबुङ महाविद्यालयका पूर्व प्राचार्य कुमार प्रधानले संवैधानिक मान्यतापछिको नेपाली भाषाको अवस्थितिमाथि वार्ता प्रस्तुत गर्नेछन्।यस अवसरमा सिक्किम विश्वविद्यालय अधीनस्थ नेपाली विषयमा स्नातकोत्तर तहको अन्तिम सत्रान्त परीक्षामा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने वर्ष २०२०-२०२२-का विद्यार्थी नरबहादुर घिमिरे (छेत्री) र जोशना शर्मालाई प्रेमलाल स्मृति शैक्षिक पुरस्कारले विभुषित गरिनेछ। समारोहमा नेपाली सङ्गीत इतिहासका कालजयी गीतहरूलाई सिक्किमका स्थापित कलाकारहरूद्वारा प्रस्तुत गरिने अध्यक्ष पौड्यालले बताएका छन्।
उनले नेपाली भाषा मान्यता दिवसलाई सरकारी विदा घोषणा गरिएकोमा वर्तमान सिक्किम सरकार तथा मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति आभार पनि व्यक्त गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *