भागोप्रमोको शाखा कमिटी गठन

IMG_20220817_191536.jpg

सोनादा: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टुगं सन्त मेरीज समष्टि अन्तर्गत दिलाराम चिया बगानस्थित शान्ति गाउँ शाखामा पूर्ण राईको सभापत्विमा सभा सम्पन्न भएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले जीटीए चुनावमा आफ्नो बिजय हाँसिल गरेपछि समर्थन गर्ने क्रम बढेर गएको साथै अनित थापाको सोच अनि भिजनलाई आत्मसात गर्दै यस क्षेत्रका बासिन्दाले समर्थन गरेको बताएका छन्। सभामा पुरानो कमिटीलाई फेरि नयाँ गठन गर्ने सर्वसम्मतिद्वारा निर्णय लिइयो। यस नयाँ कमिटीमा विशेष सभापति भानु छेत्री, सचिव अनिल राई, उपसभापति सन्चबहादुर राई, सह सचिव ज्योतिलाल राई चयन भएका छन्। सम्पूर्ण समर्थकहरूलाई सम्बोधनमा राख्दै समष्टि सचिव दिपेस तामाङ, अध्यक्ष नुरी शेर्पाले स्वागत जनाउँदै आउने दिनहरूमा शाखा विस्तार साथै सङ्गठन सञ्चालन एक सूत्रमा बाँध्ने र जति पनि भागोप्रमोको कार्यक्रममा उपस्थित भई दिने बताएका छन्। सभामा टुगं सन्त मेरीज समष्टि युवा मोर्चा सचिव दिपेस तामाङ, समष्टि सहसचिव सदेव तामाङ साथै अन्य पार्टीका पदाधिकारीहरुको विशेष उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *