टीभीका यी चर्चित अभिनेत्रीले आफैंसँग विवाह गरिन्

0-a-Kanishka-Soni

मलाई पुरुषको आवश्यकता छैन, म देवी हूँ

मुम्बई: हालै एक युवतीले आफैंसँग बिहे गरेको खबर अघि आएको छ। यो घटनापछि मानिसहरु अचम्ममा परेका थिए कि कसैले यस्तो काम कसरी गर्नसक्छ? अहिले एक अभिनेत्रीले पनि यस्तै गरेकी छन्। ‘दिया और बाती हम’, ‘पवित्र रिश्ता’ र ‘देवी आदि पराशक्ति’ जस्ता धेरै हिट सिरियलहरूमा काम गरिसकेकी कनिष्का सोनीले आफ्ना फ्यानहरूलाई आफ्नो चकित पार्ने निर्णय सुनाइन्। नायिकाले आफैंले विवाह गरेको खुलासा गरेकी छिन्।

 ‘दिया और बाती हम’ जस्ता हिट टिभी शोमा काम गरिसकेकी कनिष्का सोनीले विगतमा सिन्दूर र मङ्गलसूत्र लगाएको तस्वीर पोस्ट गरेपछि सामाजिक सञ्जालमा अभिनेत्रीका फ्यानहरू निकै छक्क परेका थिए। कनिष्क सोनीले पनि यो तस्वीर मार्फत ठूलो खुलासा गरेका छन्। आफैंलाई भनिन् देवी, ‘एक पोस्ट सेयर गर्दै, कनिष्कले क्याप्शन दिएकी छिन् कि म आफैंले मेरो सबै सपना पूरा गरेको छु र म एक्लो मान्छे हुँ जसलाई मैले माया गरेको छु। सबै प्रश्नको उत्तर यही हो कि म आफुलाई मात्र माया गर्छु, मलाई कुनै पुरुषको आवश्यकता पर्दैन… म सधैं एक्लै र एकान्तमा मेरो गितारसँग खुशी छु… म देवी हूँ, बलियो र शक्तिशाली, शिव र शक्ति सबै म भित्र छ, धन्यवाद…l’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *