कोविड़ सिक्किम: कोरोनाको ६६ नयाँ मामिला, ५० जना भए कोरोनामुक्त

IMG_20210910_192109-1-1.jpg

गान्तोक: राज्यमा आज ६६ जना कोरोना संक्रमित रोगी फेला परेको र ५० जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ। यो रोगले आज कसैको मृत्यु न भएकाे विभागले जनाएको छ।

स्वास्थ्य विभागले जानकारी गराए अनुसार हिजो कूल ५८७ जनाले कोरोना जाँच गरेकोमा, गान्तोक जिल्लाबाट २२, पाकिम जिल्लाबाट ९, गेजिङ जिल्लाबाट १७, नाम्ची जिल्लाबाट ३, सोरेङ जिल्लाबाट ७ र मंगन जिल्लाबाट ८ गरि कुल ६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। विभागले जारी गरेको कोरोनाको आंकडा अनुसार हाल राज्यमा उपचारधीन रहेका कोरोना रोगीहरूको संख्या २४२ रहेको छ। राज्यमा आज कोरोना सकारात्मकता दर ११.२४ प्रतिशत दर्ता भएको छ। 

अहिलेसम्म राज्यमा ४१,६८१ जना यस रोगलाई जितेर स्वास्थ्य लाभ लिइरहेका छन् भने वर्ष २०२० देखि अहिलेसम्म ४३,१८४ जना कोरोना संक्रमित बनिसकेका छन्। हालसम्म यस रोगको कारण हालसम्म ४८१ जनाको मृत्यु भइसकेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *