जलपाइगढ़ी पुलिस च्याम्पियन

IMG_20220817_121000.jpg

१७ अगस्तः डायमण्ड क्लब, गोरुबथानको तत्त्वावधानमा आयोजित नगद राशि इण्डिपेण्डेन्स कप नक्आउट फूटबल टुर्नामेण्टमा जलपाइगढ़ी पुलिस च्याम्पियन भयो। मालबस्ती खेल मैदानमा मंगलवार भएको फाइनलमा जलपाइगढ़ी पुलिसले युनाइटेड क्लब गोरुबथानलाई टाईब्रेकरमा ३-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। व्यक्तिगत पुरस्कारहरूमा जलपाइगढ़ी पुलिस टीमका शुभंकरले प्लेयर अव् द म्याच र सर्वाधिक गोलदाताको पुरस्कार जिते। त्यही टीमका रासिब सुब्बा प्लेयर अव् द टुर्नामेण्ट बने। सर्वश्रेष्ठ गोलकपरको पुरस्कार युनाइटेड क्लबका निगम सिंहले जिते। फाइनलमा अशोक रोय रेफरी थिए।

सहायक रेफरीको भूमिकामा आलाप राई र हेम कुमार राई थिए। राजेश थापा फोर्थ अफिसियल थिए। विनर र रनर अप् ट्रफी अशोक सुनामले आफ्ना पिता कर्ण बाहादुर सुनाम र माता गंगा माया सुनामकी स्मृतिमा डोनेट गरेका थिए। व्यक्तिगत पुरस्कारहरू विशाल परियार (माता मोती परियारकी स्मृतिमा) र पुजन छेत्री (पिता सन्तोष छेत्रीको स्मृतिमा)-ले डोनेट गरेका थिए। यसरी नै अन्य पुरस्कारहरू एम खवास, रिन्चु लामा, जीवन प्रधान र अर्जुन तामाङले डोनेट गरेका थिए भनी आयोजक डायमण्ड क्लबको पक्षमा प्रतीथ परियारले बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *