देशको वैभवलाई शिखरसम्म पुऱ्याउन देशका आम नागरिकले संक्लप गर्नुपर्छः राज्यपाल गंगा प्रसाद

IMG-20220816-WA0155.jpg

गान्तोक: आजादी का अमृत महोत्सवको समापनसँगै ७६औं स्वाधीनता दिवस यहाँको राज भवनको सभागृहमा राज्यपाल गंगा प्रसादको मुख्य आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा राष्ट्रप्रति समर्पित भारतीय सेना, एसएसबी, आईटीबीपी, एनडीआरएफ एवं राज भवन परिवारका सदस्यहरूको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपाल गंगा प्रसादले स्वाधीनता सेनानीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरे। देश स्वाधीन बनाउन अंग्रेज शासनविरुद्ध सत्य अनि अहिंसाको शस्त्रको उपयोग गर्दै उनीहरूलाई भारत छोड़्न बाध्य गराउने धेरै स्वाधीनता सेनानीले महत योगदान दिएको अनि कतिको नामविहीन रहेको विचार पोखे। आज आफ्नो देशको स्वाधीनताको उत्सव मनाउन गौरवको क्षण रहेको उनले बताए। आज भारतले विश्वमा आफ्नो वर्चस्व कायम राख्न सफल बनिरहेको उनले मन्तव्य व्यक्त गर्दै कृषि, शिक्षा, विज्ञान, प्राविधिक साहित्य, खेल समेत सम्पूर्ण विकासका क्षेत्रमा देशले उन्नति गरिरहेको बताए। यस स्वाधीनता दिवसको अवसरमा हामीले यस अमूल्य स्वाधीनताको रक्षा गर्दै महापुरुषहरूको जीवनको मूल्याङ्कन गर्नुपर्ने राज्यपाल प्रसादले आह्वान गरे। देशलाई प्रगतिको मार्गमा लैजान निरन्तर लागिपर्नुपर्ने अपील गर्दै उनले यस महान पर्वमा देशको वैभवलाई शिखरमा पुऱ्याउन दृढ़ संकल्प गर्नुपर्ने देशवासीप्रति राज्यपाल गंगा प्रसादले आह्वान गरे।

आजादीको पावन पर्वको शुभारम्भ गर्दै राजभवनका सचिव राज यादवले स्वागत वक्तव्य प्रस्तुत गरे। यसपछि राज्यपालको बाहुलीबाट श्याम प्रधानद्वारा रचित हिन्दी एवं नेपाली राष्ट्रभक्ति गीतहरूको लोकार्पण गरियो। गायिका कौशिला छेत्रीले नेपाली गीत आह्वानको सुन्दर प्रस्तुति दिइन्। उक्त गीतमा म्यूजिक इन मोशन डान्स एकाडेमीका नानीहरूले देशभक्तिपूर्ण नृत्य प्रस्तुत गरेर परिवेश देशभक्तिमय बनाए। यसरी नै राजभवनका सचिव संगीता राईले देशभक्ति गीत प्रस्तुत गरी सबैलाई देशभक्तिको जोश भरिन्। कार्यक्रममा भारतीय सेना, एसएसबी, आईटीबीपी, एनडीआरएफलाई सम्मान जनाइयो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *