२९ अगस्तदेखि अल सिक्किम चिफ मिनिस्टर्स लीग शुरू हुने

IMG-20220816-WA0154.jpg

गान्तोक। आगामी २९ अगस्त स्पोर्ट्स डेको दिनदेखि अल सिक्किम चिफ मिनिस्टर्स लीग शुरु हुनुभएको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङको पहलमा ५० लाख रुपियाँको धनराशीमा ग्रामीण क्षेत्रदेखिनै यो लीग शुरु हुन गरिने भएको छ। आज सिक्किम फूटबल एसोसिएशनले एउटा पत्रकार सम्मेलनको माध्यमद्वारा उक्त घोषणा गरेको हो। यो लीग सिक्किम स्पोर्ट्स एसोसिएशन अनि राज्यको खेलकूद तथा युवा मामिलाको संयुक्त आयोजनमा हुनेभएको छ। राज्यका हरेक ग्रामीण क्षेत्रका फूटबल खेलाड़ीहरूलाई समान अवसर दिनको निम्ति यो लीगको आयोजना गरिने भएको हो। कोविडको कारण केही वर्षसम्म फूटबल लीग ठप्प भएपछि अहिले अवस्था साम्य भएपछि शुरु हुनलागेको यो लीग कम्तीमा ४५ दिनसम्म चल्नेछ। खण्डस्तरमा ३३ वटा खेल भएपछि त्यहाँबाट छानिएका टोलीले जिल्लास्तरमा खेल्नेछन्, जिल्लास्तरमा छानिएका क्लबहरूले राज्यस्तरमा खेल्नेछ। राज्यस्तरबाट छनौट भएका खेलाड़ीहरूले भने नर्थ इष्ट ओलम्पिकमा खेल्न पाउनेछन्। यसको साथै योपल्ट महिला लीग पनि सम्पन्न हुनेछ। प्रत्येक जिल्लाबाट एक एक क्लबले लीगमा भाग लिनेछन्। त्यसमा अतिरिक्त देन्तामले पनि भाग लिने एसएफएले जानकारी गराएको छ। महिलावर्गबाट पनि चयनित खेलाड़ीहरूले नर्थ इष्ट ओलम्पिकमा भाग लिन पाउनेछन्। जिल्लास्तरीय खेलको निम्ति विभागले गेजीङ जिल्लाको निम्ति क्योङसा खेलकूद मैदान, सोरेङ जिल्लाको निम्ति सोरेङ खेलकूद मैदान, मङ्गन जिल्लाको निम्ति मंगन खेलकूद मैदान, गान्तोक जिल्लाको निम्ति पाल्जोर स्टेडियम अनि पाकिम जिल्लाको निम्ति सन्त जोसेफ स्कूलको खेलकूद मैदान चिन्हित गरिएको छ। जिल्लास्तरसम्म आइपुगेका क्लबहरूले भने नकआऊटको सामना गर्नुपर्नेछ। अल सिक्किम चिफ मिनिस्टर्स लीगको फिक्सचर आगामी एक हप्ताभित्र सार्वजनिक हुनेछ। यो लीगको निम्ति खेलकूद तथा युवा मामिला विभागले यातायातको निम्ति सुविधा उपलब्ध गराउने भएको छ। यस खेलमा केवल सिक्किमका खेलाड़ीहरूले मात्र भाग लिनपाउनेछन्। एउटा ब्लकको खेलाड़ीले अर्को ब्लकको क्लबबाट खेल्न पाउने छैनन्।

यसको साथै आगामी सेप्टेम्बर महीनादेखि सिक्किम प्रीमियर डीभिजन पनि शुरु हुने आजको प्रेस वार्तामा एसएफएका अधिकारीहरूले घोषणा गरे। यहाँ विजयी क्लबलाई एसएफएले आई लीगको निम्ति सिफारिस गर्नेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *