अनलाइन पर्मिटको व्यवस्था गरेकोमा टासले दियो मुख्यमन्त्रीलाई धन्यवाद

IMG_20220816_232042.jpg

गान्तोक: ट्राभल्स एजेन्ट एसोसिएशन् अफ् सिक्किम (टास)को लम्बित माग राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले हिजो स्वतन्त्रता दिवसको अवसरमा पुरा गरिदिएका छन्। विशेष गरेर संस्थाले राज्यको कतिपय निषेध क्षेत्रहरूमा प्रवेश गर्नको निम्ति अनलाईन पर्मिट सिस्टम शुरू गरेका छन्। यसरी संस्थाको हितमा मुख्यमन्त्री तामाङले अनलाइन सिस्टम शुरू गरेकोमा संस्थाका अध्यक्ष सोनम नोर्गे लाचुङपाले धन्यवाद दिएका छन्। आज राजधानीस्थित टासको कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन संस्थाले धेरै वर्षदेखि यो माग सरकार समक्ष राख्दै आएको तर वर्तमान सरकारले पुरा गरिदिएकोमा खुशी प्रकट गरेका छन्। अब पर्मिट प्राप्त गर्नको निम्ति लाइनमा बसिरहनु पर्ने आवश्यकता नरहेको बताए। अनलाइनको माध्यमद्वारा छिटो र सजिलोसँग पर्मिट पाउन सकिने भएको कारण सबैलाई सुविधा हुने जानकारी गराए। उनले थप जानकारी गराए अनुसार पहिला एक दिनमा केवल ७५ वटा मात्र पर्मिट पाउने गर्थ्यो तर अहिले सरकारले २ सयवटा बनाएको छ। पर्यटक सिजनमा भने ५ सयवटासम्म पर्मिट पाएको पनि उनले थप बताएका छन्। यसरी नै अब पर्यटकहरूको बढदो आगमन संख्यालाई ध्यानमा राख्दै नथुलासम्मको निम्ति सरकारले बस सेवा पनि शुरू गर्न योजना रहेको उनले पत्रकारहरूलाई जानकारी गराए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *