फीफाको शर्तहरू अनुसार एआईएफएफ-को चुनाउ गराउने सीओए-को फसेला

IMG-20220816-WA0130.jpg

१६ अगस्तः फीफाले प्रतिबन्ध लगाएको केही घण्टापछि प्रशासकहरूका समिति (सीओए) विश्व फूटबलको सर्वोच्च संस्थाको शर्तहरू अनुसार अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-को चुनाउ गराउन सहमत भयो। फीफा-ले मंगलवार भारतलाई ठूको धक्का दिँदै तेस्रो पक्षद्वारा गैर जरूरी दखलको तर्कसहित अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-लाई निलम्बित गऱ्यो। यसको साथै फीफाले यस साल अक्टोबरमा भारतमा हुने अण्डर-१७ महिला वर्ल्ड कपको आयोजन अधिकार पनि खोस्यो। यस घटनाक्रमको जानकारी राख्ने सूत्रले बताएअनुसार, प्रतिबन्ध सामान्य समयको निम्ति हुन सक्छ कारण उच्चतम न्यायालयद्वारा नियुक्त प्रशासकहरूका समिति चुनाउ अनि नयाँ संविधानलाई लिएर फीफाको लगभग सबै शर्तहरू मान्न तयार भएको छ। यसैकारण अण्डर-१७ महिला विश्व कपको आयोजन पनि भारतमै हुन सक्छ। यसको निम्ति एआईएफएफ-को चुनाउ २८ अगस्त नभएर १५ सेप्टेम्बर (फीफाको समय सीमा) अघि गराउनु पर्नेछ। एआईएफएफ चुनाउको निम्ति चुनाउ अधिकारीले जुन ३६ जना खेलाड़ीहरूका सूची जारी गरेको थियो त्यसमा शब्बीर अली, मनोरञ्जन भट्टाचार्य, प्रशान्त बेनर्जी, आईएम विजयन र भाइचुङ भूटियाको नाम पनि सामेल छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *