रोयल फूटबल क्लब भेटरन च्याम्पियन

IMG_20220816_123532.jpg

१६ अगस्तः सालुगढ़ा नेत्र बिन्दु संघ (एसएनबीएस)-को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा भएको भेटरन फूटबल प्रतियोगितामा रोयल एफसी भेटरन च्याम्पियन भयो। स्थानीय जोयधर रोय प्राथमिक पाठशाला मैदानमा सोमवार खेलिएको म्याचमा दिपु रोयको प्रशिक्षणमा रहने रोयल एफसी भेटरनले आयोजक सालुगढ़ा नेत्र बिन्दु संघ (एसएनबीएस)-लाई १-०-ले पराजित गऱ्यो। म्याचमा विजेता टीमबाट एकमात्र गोल रुपेश थापाको एसिस्टमा पीटर लेप्चाले छिराए। यस म्याचमा एसएनबीएस-को टीम छिरिंग तोपग्याल (बाबु लामा)-को कप्तानीमा ओर्लिएको थियो। यसरी नै रोयल एफसीको कप्तानी राजेश छेत्रीले गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *