इण्डिपेण्डेन्स डे शील्डः दार्जीलिङ पुलिस च्याम्पियन

IMG-20220816-WA0107.jpg

१६ अगस्तः कालेबुङ स्पोर्टस एसोसिएशनको तत्त्वावधानमा आयोजित प्रतिष्ठित इण्डिपेण्डेन्स डे शील्ड फूटबल टुर्नामेण्टमा दार्जीलिङ पुलिस च्याम्पियन भयो। मेला ग्राउण्डमा सोमवार भएको फाइनलमा दार्जीलिङ पुलिसले नेपाल स्टार इलेभेनलाई २-०-ले पराजित गऱ्यो।

विजेता टीमबाट वाङचुक तामाङ (पेनल्टी) र सिद्धान्त छेत्रीले गोल गरे। विजेता हुने टीमलाई २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै उपविजेता हुने टीमलाई १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। दार्जीलिङ पुलिसका प्रशान्त राईले प्लेयर अव् द टुर्नामेन्टको पुरस्कार जिते।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *