जेभीसी सिंगताम च्याम्पियन, आमुक्त परिवार सबैभन्दा लोकप्रिय टीम

IMG_20220815_234619.jpg

१५ अगस्तः पाक्योंग स्पोर्टिंग क्लबको तत्त्वावधानमा हरिमाया शर्माकी स्मृतिमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा जेभीसी सिंगताम च्याम्पियन भयो। स्थानीय पाक्योंग सेण्ट जेभियर्स मैदानमा भएको यस नाइन ए साइड टुर्नामेण्टको फाइनलमा आज जेभीसी सिंगतामले साहारा गुम्बा, पाक्योंगलाई २-१-ले पराजित गऱ्यो। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनर अप् हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। व्यक्तिगत पुरस्कारहरूमा सहारा गुम्बाका अयुष राणा मंगरले प्लेयर अव् द म्याच र मनोज प्रधानले सर्वश्रेष्ठ गोलकीपरको पुरस्कार जिते। यसरी नै जेभीसी सिंगतामका नेल्सनले प्लेयर अव् द टुर्नामेण्ट र सर्वाधिक गोलदाता (४ गोल)-को पुरस्कार जिते। टुर्नामेण्टमा सबैभन्दा लोकप्रिय टीमको पुरस्कार आमुक्त परिवारले जित्यो। फाइनलमा मुख्य अतिथिको रूपमा एम. प्रसाद शर्मा (एमएलए, २२ नाम्चेबोंग कन्स्टीट्यूएन्सी) उपस्थित थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *