१०५औं हर्ली मेमोरियल कपः दार्जीलिङ डायनामो च्याम्पियन

IMG-20220815-WA0277.jpg

१५ अगस्तः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधान अनि युवा एवम् खेलकुद विभाग, जीटीए-को सहयोगमा आयोजित प्रतिष्ठित हर्ली मेमोरियल कप फूटबल टुर्नामेण्टमा दार्जीलिङ डायनामो च्याम्पियन भयो। लेबोंग स्थित गोर्खा स्टेडियममा सोमवार भएको फाइनल म्याचमा दार्जीलिङ डायनामोले युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-लाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल सन्दीप पञ्चकोटेले गरे।

टुर्नामेण्टमा विजेता हुने टीमलाई प्रतिष्ठित हर्ली मेमोरियल कपको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै उपविजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *