यूजीसीद्वारा परीक्षा केन्द्रहरूको निम्ति विशेष घोषणा

0-1a-IMG_20220813_190841

नयाँ दिल्ली: (यूजीसी) ले शनिबार परीक्षा केन्द्रहरूको निम्ति शहर रोज्नलाई समायोजित गर्नका लागि लगभग ११ हजार विद्यार्थीको निम्ति सामान्य विश्वविद्यालय प्रवेश परीक्षा-स्नातक (सीयूईटी) जुन १७-२० अगस्तमा निर्धारित थियो, त्यसलाई ३० अगस्तसम्मको निम्ति स्थगित गरिएको घोषणा गरेको छ। यूजीसीको बयानअनुसार यो परीक्षा सबै उम्मेदवारहरूको निम्ति स्थगित गरिएको होइन। यो केवल परीक्षा केन्द्र बदली गर्ने माग गर्ने ११ हजार उम्मेदवारको निम्ति स्थगित गरिएको हो। पहिलो तीन चरणको परीक्षाको निम्ति लगभग ६३१,००० उम्मेदवार अगावै उपस्थित भईसकेका छन्। चौथो चरणको आयोजन १७ अगस्तदेखि २० अगस्तमा निर्धारित गरिएको छ, जसको निम्ति शनिबार प्रवेश पत्र जारी गरिनेछ।

यूजीसीले बयानमा जानकारी गराएको छ, चौथो चरणमा कूल ३.७२ लाख उम्मेदवार उपस्थित हुनेछन्। अधिकांश उम्मेदवारलाई उनीहरूको रोजाईको शहर दिइएको छ। यद्यपि, लगभग ११ हजार उम्मेदवार यस्ता छन्, जसलाई उनीहरूको रोजाईको केन्द्र दिन सकिएन र उनीहरूलाई चरण ६ मा स्थानान्तिरत गरियो र उनीहरूको परीक्षा ३० अगस्तमा हुनेछ। उनीहरूलाई उनीहरूको परीक्षाको शहर र आजको सठीक मितिबारे पनि सूचित गरिएको छ।

यूजीसीका अध्यक्ष एम जगदीश कुमारले भने, ‘छात्रहरूको अनुकूल परिवर्तन शहरमा सबै छात्रहरूलाई उनीहरूको रोजाईको दोस्रो वा तेस्रो शहरमा केन्द्र आवंटित गर्नको साटो समायोजित गर्नको निम्ति गरिएको छl’ यस बाहेक जुन विद्यार्थीले तकनीकी कारणहरूले वा केन्द्र रद्द भएको कारण ४ अगस्तदेखि ६ अगस्तबीच आयोजित दोस्रो चरणमा परीक्षा दिन सकेनन्, उनीहरूलाई चरण छहमा सामेल हुने अनुमति दिइनेछ, जुन २४ अगस्तदेखि ३० अगस्तसम्म आयोजित गरिनेछ। उनीहरूको एडमिट कार्ड २० अगस्तमा जारी गरिनेछ।

देशको पहिलो केन्द्रिय विश्वविद्यालय परीक्षा आयोजित गर्नका लागि जिम्मेवार राष्ट्रिय परीक्षण एजेन्सी (एनटीए) ले पनि छात्रहरूसित उनीहरूको परीक्षाहरूलाई पुनः निर्धारित गर्ने अनुरोधहरूको जाँच गरिरहेछ। आयोगले भनेको छ, ‘परीक्षाको सुचारू संचालनलाई सुनिश्चित गर्नका लागि हरेक केन्द्रसम्म तकनीकी पर्यवेक्षकको रूपमा एसोसिएट प्रोफेसर स्तरको संकायलाई तैनाथ गरी अतिरिक्त तकनीकी जनशक्तिलाई तैनाथ गर्ने निर्णय पनि लिइएको छl’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *