“म पनि हमजायेगा” गीतको लागि रिल्स प्रतियोगिता शुरू

20-00-01-hum.jpg

दार्जिलिङ: नेपाली चलचित्र हमजायेगाको “म पनि हमजायेगा” भन्ने गीतको लागि रिल्स प्रतियोगिता शुरू भएको छ। उक्त फिल्म दार्जिलिङको बैष्णवी प्रोडक्शनद्वारा निर्माण गरिएको हो। जसमा टप फाइभ विजेताहरूलाई चलचित्र निर्माताको तर्फबाट पारितोषिक प्रदान गर्ने निश्चित गरिएको चलचित्रकी सह निर्देशिका शिवानी छेत्री अनि नायक आदर्श थामीले जानकारी गराएका छन्। १५ देखि ३०‌ सेकेण्डसम्म बनाइएको रिल्सलाई इच्छुक प्रतियोगीहरूले आफ्नो फेसबुक अनि इन्स्टाग्राममा अपलोड गरेर यस प्रतियोगितामा भाग लिन सक्नेछन्। जसको लागि प्रतियोगीहरूले आफूद्वारा तयार पारिएको रिल्स फेसबुक अनि इन्स्टाग्राममा अपलोड गर्दा # mapanihumjayega लेख्नु पर्नेछ अनि यसको लिङ्क मोबाइल नम्बर ६२९६१९००६९मा पठाउनुपर्नेछ । यो गीत adarsh_11ad नाम भएको इन्स्टाग्राम एकाउण्टबाट डाउनलोड गर्न सकिने बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *