कवि उदय दुमीको चियाबारीको मोह कविता कृति विमोचन हुने

IMG-20220812-WA0135.jpg

खरसाङ: खरसाङ क्षेत्रबाट लगातार रूपमा कविता लेखिरहेका कवि उदय दुमीको पहिलो कविता कृति चियाबारीको मोह विमोचन गरिने भएको छ। खरसाङको करबिया चियाबारी निवासी उदय दुमीको पहिलो कविता कृति आगामी १६ अगस्त २०२२ मंगलबारको दिन खरसाङमा विमोचन गरिने जानकारी प्राप्त भएको छ। लामो समयदेखि लगातार रूपमा कविता लेख्दै आएका कवि उदय दुमीले चियाबारीमाथि धेरै कविताहरू लेखेका छन्। उनले आफु बसेको चियाबारी क्षेत्र र चियाबारीमा खटिखाने चिया श्रमिकहरूको हक र अधिकारको लागि साथै श्रमिकहरूको पक्षमा धेरै कविताहरू लेख्दै आएका छन्। उनले आफ्नो पहिलो कविता संग्रह पनि चियाबारीकै नाममा राख्दै चियाबारीको मोह नाम राखेर विमोचन गर्न लागेका हुन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *