हिन्दुधर्ममा रक्षाबन्धनको महत्व

01-Rakshabandhan.jpeg

भाष्कर मैनाली शर्मा, दार्जीलिङ-

रक्षाबन्धन हिन्दू धर्मावलम्बीको महत्वपूर्ण चाड हो। उक्त चाड श्रावण महिनाको शुक्ल पक्षको पूर्णिमामा मनाइन्छ। उक्त चाड विभिन्न ठाउँहरूमा विभिन्न नामले र प्रकारले मनाउने गरिन्छ।कहीं यस दिनलाई जनै पूर्णिमाको रूपमा मनाउने गरिन्छ, भने कहीँ यसलाई राखी पूर्णिमा भनेर मनाउने गरिन्छ त कहीं यसलाई क्वाँटी पूर्णिमाको रूपमा पनि मनाइने गरिन्छ। यस दिनलाई धेरै नामले चिनिने गरे पनि र ठाउँ ठाउँअनुसार यस चाडलाई मनाउने बेग्ला बेग्लै किसिमको रिती रिवाज भए पनि मूल रूपमा अधिकांश हिन्दू धर्मावलम्बीहरुले उक्त दिनलाई रक्षाबन्धनको रूपमा नै मान्ने गर्दछन्।

क्षाबन्धनको धार्मिक महत्व पनि छ भागवत पुराण र विष्णु पुराण अनुसार जब भगवान विष्णुले राजा बलिबाट सम्पूर्ण त्रिलोकमा विजय प्राप्त गरे त्यस समय राजा बलिले आफ्नो हार स्वीकार गरे र राजा बलिले भगवान विष्णुलाई यसरी आग्रह गरे कि….’

रक्षाबन्धन मनाउनुको मुख्य कारण के हो भन्दा उक्त दिन आफ्नो दिदी बहिनीहरूले आफ्नो दाजुभाईहरुलाई हातमा रक्षाबन्धनको रूपमा राखी लगाइदिने गर्दछ र दाजुभाईहरुलाई आफ्नो दिदी बहिनीहरूले किन राखी लगाइदिने गर्दछ भन्दा रक्षाबन्धन को अर्थ हुन्छ रक्षाको बन्धन यस दिन दिदीबहिनीहरुले आफ्ना दाजुभाईहरुको विग्नबाधा र संकटदेखि रक्षाको निम्ती ईश्वर सित प्रार्थना गरेर रक्षाबन्धन लगाइदिने गर्दछ  र दाजुभाइहरुले पनि आफ्नो दिदीबहिनीहरूलाई रक्षाबन्धन लगाएपछि  आफ्नो दिदीबहिनीहरुलाई सधैं खुशी राख्ने र आवश्यकता परे आफ्नो दिदीबहिनीहरुको निम्ती सुरक्षा कवच र ढाल बनेर बस्ने वाचा गर्दछन् र त्यसपछि उपहार र मिठाईहरु एक अर्कालाई आदान प्रदान गर्ने गर्दछन। यसै गरी उक्त दिन घरको कुल पुरोहित हरुले पनि घरका मानिसहरूलाई रक्षाबन्धन रूपी रेखी डोरी लगाइदिने गर्दछ र जीवनमा आइपर्ने संकटहरुदेखी ईश्वरले रक्षा गरोस् भनेर आशीर्वाद दिने गर्दछ। रक्षाबन्धनको धार्मिक महत्व पनि छ भागवत पुराण र विष्णु पुराण अनुसार जब भगवान विष्णुले राजा बलिबाट सम्पूर्ण त्रिलोकमा विजय प्राप्त गरे त्यस समय राजा बलिले आफ्नो हार स्वीकार गरे र राजा बलिले भगवान विष्णुलाई यसरी आग्रह गरे कि ‘म तपाईंसित युद्धमा परिजित भए त्यसैले म मेरो हार स्वीकार गर्छु र म तपाईंलाई यो पनि आग्रह गर्छु कि आजदेखि म राजा बलिको महलको सुरक्षा गरिदिनु को निम्ती तपाईं मेरो महलमा नै बसिदिनुहोस्” भनेर आग्रह गरे त्यो आग्रह सुनेपछि भगवान विष्णुले पनि राजा बलिको आग्रह स्वीकार गर्दै राजा बलिको महलमा नै बस्ने भए तर त्यो कुरा भगवान विष्णुको अर्धाङ्गिनी लक्ष्मीलाई स्वीकार्य भएन त्यसैले आफ्नो पतिदेवलाई आफ्नो लोक वैकुण्ठ ल्याउने निर्णय गरे त्यसपछि माता लक्ष्मी राजा बलिको महल गएर माता लक्ष्मीले राजा बलिलाई राखी लगाइदिए राखी लगाएपछि माता लक्ष्मीले राजा बलिलाई आफ्नो भाई बनाए त्यसपछि राजा बलिले प्रसन्न हुँदै माता लक्ष्मीलाई के उपहार दिनु भनेर सोधे त्यस समय माता लक्ष्मीले उपहारमा आफ्नो पतिदेव भगवान विष्णुलाई फर्काइदिने आग्रह राजा बलिलाई गरे र राजा बलिले पनि माता लक्ष्मीको आग्रह स्वीकार गरे र भगवान विष्णुलाई वैकुण्ठ जाने आज्ञा दिए र उक्त दिनदेखि उता रक्षणबन्धन मनाइने गरिन्छ भन्ने धार्मिक विश्वास रहेको छ।
रक्षाबन्धन सम्बन्धी अर्को धार्मिक विश्वास पनि रहेको छ महाभारतको युद्ध हुनभन्दा धेरै वर्ष अघि एक दिन जब भारी सभामा कौरवहरुले पाण्डवहरूको धर्मपत्नी द्रौपदीको वस्त्र हरण गर्न खोजे त्यस समय द्रौपदीको बचाउमा कोही अघि आएनन् तर त्यस समय भगवान श्री कृष्णले द्रौपदीको बचाउ र रक्षा गरेका थिए र भगवान श्री कृष्णले गर्दा द्रौपदी वस्त्र हरण हुन देखी बाँचेका थिए,र त्यस दिन देखि उता भगवान कृष्णलाई द्रौपदीले आफ्नो दाजु मानेका थिए र महाभारतको युद्ध हुनभन्दा अघि भगवान श्री कृष्णलाई आफ्नो दाजु सम्झिएर द्रौपदीले भगवान श्री कृष्णलाई राखी लगाइदिए र यस दिनदेखि उता पनि मानिसहरूले राखी चाड मनाएको हो भन्ने धार्मिक विश्वास रहेको छ।

यसै गरी हाम्रो हिन्दू समाजमा पनि रक्षाबन्धनको धेरै महत्व रहेको छ उक्त दिनलाई हाम्रो समुदायका खस समाजका मानिसहरूले जनै पूर्णिमाको रूपमा मनाउने गर्दछन् खस समाजका मानिसहरूले जसले व्रत बन्ध गरेका छन् उनीहरुले यस दिन जनै फेर्ने काम गर्दछन् बिहानै नुहाइधुवाइ गरेर पुरानो जनै सेलाएर नयाँ जनै धारण गर्ने काम उक्त दिन गर्ने गर्दछन्। यसै गरी गोर्खा समाजको नै अर्को समुदाय नेवारी समुदायका मानिसहरूले क्वाँटी पूर्णिमाको रूपमा उक्त दिनलाई मनाउने गर्दछन् यस दिन उक्त समुदायका मानिसहरूले धेरै प्रकारको मर मसाला र धेरै प्रकारको दालहरू एकैठाउँ मिसाएको झोल उनीहरूले बनाउने गर्दछन् र उक्त झोललाई क्वाँटी भनेर उनीहरूले भन्ने गर्दछन र उक्त क्वाँटीको झोल र अन्य धेरै मिठो मिठो परिकारहरुको सेवन उनीहरूले उक्त दिन गर्ने गर्दछन्। यसै गरी यस दिनलाई गोर्खा समाजको अर्को समुदाय किरातीहरुले पनि धेरै धूमधामले मनाउने गर्दछन् उक्त दिनलाई उनीहरूले बम्बो उत्सवको रूपमा मनाउने गर्दछन्। यसै गरी गोर्खा समुदायमा आफ्नो दिदीबहिनीहरुले दाजुभाइ हरुलाई राखी लगाइदिने चलन पनि अहिले रहेको छ विगतमा राखी लगाउने प्रथा गोर्खा समुदायमा थिएन तर समय बित्दै जाँदा राखी लगाउने प्रथा पनि गोर्खा समुदायहरुका मानिसहरूले सिके र यो कुरा कुनै नराम्रो कुरा पनि होइन हुन् त हाम्रो गोर्खा समाजमा राखी जस्तै चाड भाई टिका लगाउने चलन पनि रहेको छ तर राखी चाडलाई पनि गोर्खा समुदाय का मानिसहरूले अंगले हुन त दिदी र भाई, दाजु बहिनीको सम्बन्धलाई भाई टिका पर्वले प्रगाढ बनाएर  लागेको छ तर राखी पर्वले अझ धेर प्रगाढ बनाएर लगेको छ र यो एकदमै असल कुरा हो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *