छोङ्गेको सिंह देवी मन्दिरको आज सर सफाई

IMG_20220808_212404.jpg

गान्तोक: छोङ्गेको सिंह देवी मन्दिरको आज सर सफाईसहित रङ्ग पचेरा गरियो। उक्त मन्दिर राजधानी गान्तोकदेखि लगभग ६ किलोमिटर टाड़ामा अवस्थित रहेको छ। टेण्डोङ ल्हो रूम फात पर्वको छेक पारेर यहाँको सामाजिक संस्था रोङ्गे छोङ्गे युमी छोगपाले आज छोङ्गेमा अवस्थित सिंह देवी मन्दिरमा सफाई अभियान आयोजन गर्नका साथै मन्दिरको रङ्ग पचेरा पनि गऱ्यो।

विविध सामाजिक कार्यहरूमा संलग्न रहँदै आएको सामाजिक संस्था रोङ्गे छोङ्गे युमी छोगपाले आगामी भदौरे पूर्णेमा पूजा अर्चनाको निम्ति ठूलो संख्यामा श्रद्धालु भक्तजन यहाँ मन्दिरमा आउने गरेकाले आफ्नो सामाजिक दायित्वलाई निर्वाह गर्दै मानिसहरूको आस्थाका केन्द्र यस मन्दिरको सर सफाई गर्नका साथै रङ्ग पचेरा गरेको संस्थाका सल्लाहकार रिञ्जिङ वाङचुक काछोकपाले जानकारी दिएका छन्। यस अघि पनि धेरै पटक सामाजिक संस्था रोङ्गे छोङ्गे युमी छोगपाले यस सिंह देवी मन्दिरको सर सफाई र मरमत्ति कार्यहरू गर्दै आएको छ।

उल्लेख्य, यो सिंह देवी मन्दिर अवस्थित रहेको यस स्थानमा एउटा सानो पानीको कुवा रहेको छ जहाँ आजभन्दा चालिस वर्ष अघि छोङ्गे गाउँका मानिसहरूका पिउने पानीको मूल स्रोत रहेको र सम्पूर्ण गाउँवासीले यहाँबाट नै पानी भर्ने गरेको बताइन्छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *