मुहर्रमको तयारी अन्तिम चरणमा

01-bbc26a24-b6e7-4f20-ae1c-2ad35575083c

कालचिनी:  मङ्गलबार सम्पन्न हुने मुस्लिम समुदायको पवित्र मुहर्रम तथा तजिया पर्वको अन्तिम तयारी भईसकेको आज कालचिनी लस्कर-ए- हुसैन काफिला कमिटीको पक्षबाट जनाईएको छ। आज यस विषयलाई लिएर कालचिनीमा लस्कर-ए- हुसैन काफिला कमिटीको एउटा प्रस्तुति सभा साथै कमिटी सदस्यहरुले तजिया निर्माण तथा कार्यक्रम स्थलमा परिदर्शन गरेको थियो। यस सम्बन्धमा लस्कर-ए- हुसैन काफिला कमिटीको सभापति मुबारक अन्सारीले कालचिनी थाना अन्तर्गत पर्ने जम्मा ११ वटा चियाबारी क्षेत्रबाट जम्मा १४ वटा तजिया निस्कने र तजियाको प्रदर्शन कालचिनी थाना मैदानमा हुने बताएका छन्। तजिया प्रदर्शनमा अब्बल निस्कने तीनवटा तजिया कमिटीलाई प्रथम, द्वितीय र तेस्रो पुरस्कार प्रदान पनि गरिने र सो अवसरमा अतिथिहरुमा अतिरिक्त पुलिस अधीक्षक लगायत बीडीओ, कालचिनी पञ्चायत समितिको चेयरम्यान एवम् अन्यान्य गणमान्य अतिथिहरुलाई निमन्त्रणा दिएको लस्कर-ए- हुसैन काफिला कमिटीको सभापति मुबारक अन्सारीले थप जनाएका छन्। आज कार्यक्रम स्थलको निरीक्षण गर्न लस्कर-ए- हुसैन काफिला कमिटीको संयोजक हैदर अली अन्सारी, जब्बर अन्सारी, मुन्ना अन्सारी, सभापति मुबारक अन्सारी, सचिव ताज रिज़वी र कोषाध्याक्ष आजाद अन्सारी आदि सदस्यहरुको उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *