डुवर्स स्पोर्ट्स करॉंते एकाडेमीका खेलाडीहरूलाई सम्मान

IMG-20220808-WA0240.jpg

वीरपाडा: गत ३० र ३१ जुलाईको दिन कलकत्ताको नेताजी इन्डुर स्टेडियममा अल इण्डिय सिसीकाय शिटो रिउ करॉंते डु फेडरेसनद्वारा आयोजित ६औँ अन्तर्राष्ट्रिय करॉंते च्याम्पियनसिप प्रतियोगितामा डुवर्स स्पोर्ट्स करॉंतेका खेलाडीहरूले कुल ६ वटा स्वर्ण पदक, रजत पदक तथा अन्य धेरै पदक जितेका थिए| ती स्वर्ण अनि रजत पदक जितने खिलाडीहरू मदारीहाट खण्ड क्षेत्रका माध्यमिक तथा उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरू हुन्| बीरपाडा सनसाइन स्कुलका दोस्रो श्रेणीका छात्र छेवाङ तामाङले २ वटा रजत पदक जितेका हुनाले छेवाङ तामाङ अनि तिनको सेन्सी अनिल लोहारलाई आज उक्त स्कूलका सह शिक्षक द्वय दिप्टो भट्टाचार्य अनि विकुकुमार प्रसादले सम्मान जनायो| यसरी नै बिन्नागढी सेन्ट जेम्स स्कुलका ९ औं श्रेणीका छात्र आकाश तामाङले स्वर्ण पदक तथा चौथौं श्रेणीका छात्र छेवाङ तामाङले रजत अनि कास्य पदक प्राप्त गरेकोमा उक्त स्कुलका प्रधानाध्यापक ब्रो फिलिक्स मेथ्युले सम्मान जनायो|

सम्मान दिने क्रममा डुवर्स स्पोर्ट्स करॉंते एकाडेमीका संस्थापक तथा सेन्सी अनिल लोहारलाई पनि सम्मान जनायो| गत दिनहरूमा पनि धेरै विद्यालयहरूले पदक जित्ने विद्यार्थीहरूलाई सम्मान दिएका छन् भने आगामी दिनमा पनि विशेष कार्यक्रमको आयोजन गरि सम्मान गरिने बारे सेन्सी अनिल लोहारले बताएका छन्|

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *