मङ्पुस्थित रवीन्द्र संग्राहलयमा विश्व कवि रविन्द्रनाथको मृत्यु वार्षिकी पालन

photocollage_202288201947215.jpg

मंग्पु: मङ्पुमा रविन्द्रनाथ ठाकुरको मृत्यु बार्षिकी पालन गरिएको छ। आज मङ्पुमा कवि गुरु रविन्द्रनाथ ठाकुरको मृत्यु बार्षिकी स्थानीय रविन्द्रनाथ सङ्ग्रहालयमा सप्पन्न भयो। समारोहका प्रमुख अतिथि जीटीए कार्यपाल अनित थापा अनि विशिष्ट अतिथिहरु दार्जिलिङ जिल्लापाल एस पुनम बालम, सिन्कोना बगानको निर्देशक डा.सामुएल राई, वेलफेयर कमिशनर सुमिता मुखर्जी,डीआईसीओ खाङ डोमा भुटिया, मङपु लाब्दा समष्टिको सभासद रतन थापा अनि मङपु अस्पतालका डक्टर अरुप घोषणालले कवि गुरुदेव रविन्द्रनाथको प्रतिमा माल्यर्पण अनि दीप प्रज्वलन गरे।
आजको कार्यक्रममा मङ्पु सन्तमंगल एकाडेमी,सेन्ट एन्थोनी,ज्ञानपीठ विद्यालय अनि लिटल एन्जलका नानीहरुले गुरुदेवको कविता, गीत, रबिन्द्र सङीत, रबिन्द्र नृत्य प्रस्तुत गरेका थिए।

समारोहका विशिष्ट अतिथि दार्जिलिङ जिल्लापाल एस पुनम बालमले मङ्पुमा रविन्द्र सङ्ग्रहालयमा नवनिर्मित सुन्दरीकरण अनि मरम्मति गरिएको भवनको काम आगामी महिनाभित्र समाप्त हुने कुरा जनाए। यसबर्ष सूचना एवं सस्कृतिक विभाग अनि श्रमकल्याण विभाग पश्चिम बंगाल सरकारले सामन्य रूपले रविन्द्रनाथ ठाकुरको मृत्यु बार्षिकी पालन गरिएता पनि अर्को वर्ष जीटीएद्वारा नै भव्यताको साथमामा विश्व कवि गुरु रविन्द्रनाथको जन्म जयन्ती अनि मृत्यु बार्षिकी मनाउने कुरा जीटीए कार्यपाल अनित थापाले बताएका छन्। आज सिलगढी, दार्जिलिङ अनि कोलकोत्ताबाट आएका कलाकारवर्गले रविन्द्र सङीत, गीत, नृत्य आदि प्रस्तुत गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *