दार्जिलिङको मुटु मानिने चौरास्ता परिसरमा हर घर तिरंगा कार्यक्रम सम्पन्न

IMG-20220808-WA0229.jpg

दार्जिलिङ: भारतको स्वाधीनताको ७५ वर्ष पुगेको अवसरमा भईरहेको आजादीको अमृत महोत्सव अन्तर्गत आज दार्जिलिङमा हर घर तिरंगा नामक कार्यक्रम सम्पन्न भएको छ। दार्जिलिङको मुटु मानिने चौरास्ता परिसरमा हिमालयन माउन्टेरिङ इन्स्टीट्युट दार्जिलिङको आयोजनामा आजादीको अमृत महोत्सव अन्तर्गत हर घर तिरंगा नामक कार्यक्रम सम्पन्न गरिएको छ। यस अवसरमा ठूलो भारतको राष्ट्रीय झण्डा चौरास्ता परिसरमा लगाइएको छ। उक्त कार्यक्रम ‘एक ह्रदय, एक राष्ट्र र एक झण्डा’ नाम दिएर कार्यक्रम गरिएको थियो। यस अवसरमा पत्रकारहरूलाई सम्बोधन गर्दै हिमालयन इन्स्टीट्युट दार्जिलिङको प्राचार्य जय किसानले भारतको स्वाधीनताको ७५औं वर्ष पुगेको अवसरमा आजादीको अमृत महोत्सव पालन गरिहेको र यसै अन्तर्गत आज दार्जिलिङका मानिसहरूसित जोड़िनलाई हर घर तिरंगा कार्यक्रम चौरास्ता परिसरमा आयोजना गरिएको बताएका छन्। उनले यस अवसरमा सबैले स्वाधीनता सेनानीहरू र शहीदहरूलाई सम्मानसहित सम्झना गर्न सक्छौं भन्दै तिरंगा हाम्रो आन, वान, शान हो अनि भारतीयहरूमाथि तिरंगाको छाँया छ जसले हामीलाई आशिर्वाद दिने गर्दछ अनि हामी प्रेरणा पाउँछौं भनी बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *