इण्डिपेण्डेन्स कपः हर्क एफसी मारापुर फाइनलमा

photocollage_20228701443435.jpg

६ अगस्त: दुधे युथ क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स कप २०२२ फूटबल टुर्नामेण्टमा शनिवार पहिलो सेमिफाइनल म्याच खेलियो। स्थानीय दुधे खेल मैदानमा आज भएको पहिलो म्याचमा हर्क एफसी, मारापुरले मन्सारजोत मेचेबस्तीलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट योहले २६औं र म्याक्सवेलले ५३औं मिनटमा गोल गरे। अब आइतवार खेलिने दोस्रो सेमिफाइनलमा विंगर ब्रदर्स र एलजीएससी खप्रेलबीच भिड़न्त हुनेछ। यसरी नै फाइनल १५ अगस्तमा खेलिनेछ। आजको म्याचमा मुख्य अतिथिको रूपमा कञ्चनजंघा एफसी-का कार्यकारी अध्यक्ष सुरेन प्रधान अनि सुदीप गिरी उपस्थित थिए। सुरेन प्रधानलाई आयोजक समितिको तर्फबाट सम्बर्द्धना जनाइयो। आजको म्याचमा रेफरीको रूपमा विनोद प्रधान रहेका थिए। यसरी नै एसिस्टेण्ट रेफरीको भूमिकामा योगेल खवास र प्रवीण प्रधान थिए। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ भनी आयोजक समितिको पक्षमा कोषाध्यक्ष विशाल शर्माले जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *