पाल्जोर स्टेडियम पुनर्निर्माणको अन्तिम चरणमा

IMG_20220806_234326.jpg

गान्तोक: अहिले गान्तोकको प्रसिद्ध पाल्जोर स्टेडियम पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ। अप्रेल २०२१ देखि पुनर्निर्माण भइरहेको यो स्टेडियमको कार्य आगामी अक्टोबर महिनामा मात्र पूरा हुने भएकाले यसपल्टको राज्यस्तरीय स्वतन्त्रता दिवस समारोह नाम्चीको भाइचुङ स्टेडियममा पालन गरिने छ।
सिक्किमको सबैभन्दा ठूलो र पहिलो स्टेडियमको पुनर्निर्माण कार्यका लागि केन्द्र सरकारको खेलो इण्डिया प्रोजेक्ट र सिक्किम सरकारको पक्षबाट लगभग सात करोड रुपियाँ खर्च गरिने लक्ष्य राखिएको छ। पुनर्निर्माणको पहिलो चरणमा स्टेडियमको पुरानो टर्फ निकाल्ने र स्टेडियम वरिपरिको नाली व्यवस्थापनको कार्य सम्पन्न गरेपछि दोस्रो चरणमा स्टेडियममा नयाँ टर्फ बिछ्याउने कार्य प्रगतिमा रहेको छ।
प्राप्त जानकारी अनुसार स्टेडियमको पुनर्निर्माण कार्यको क्रममा स्टेडियमको मैदान भाग बढेको छ जबकि प्लेइङ एरिया बाहिरको वाल र फेन्सिङ नयाँ जडान गरिएको छ। सिक्किम सरकारको खेल तथा युवा मामिला विभाग अधिनस्थ पाल्जोर स्टेडियमको पुरानो टर्फ इन्चे, नान्डोक, सन्त जेभियर्स र असम लिङ्जे स्कूलसहित सिच्छेस्थित सेरिनिटी होम्सलाई प्रदान गरिएको थाहा लागेको छ।
यस चरणको पुनर्निर्माण कार्यको समापनपछि हिलसाइड ग्यालेरीमा छाना लगाउने तथा भीआईपी तथा उत्तर र दक्षिण ग्यालेरीको छाना बढाउने काम गरेर स्टेडियमलाई विश्वस्तरीय बनाउने सरकारको सोच रहेको राज्यको खेल तथा युवा मामिला विभागका मन्त्री कुङ्गा निमा लेप्चाले जानकारी दिएका छन्। उनले यस वर्षको गभर्नर्स गोल्डकप पाल्जर स्टेडियममा नै खेलाइने पनि बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *