हमजायेगाको दोस्रो गीत सार्वजनिक

photocollage_202286233124483.jpg

दार्जिलिङ: नेपाली कथानक चलचित्र हमजायेगाको दोस्रो गीत सार्वजनिक गरियो। उक्त सिनेमा आज बैष्णवी प्रोडक्सन दार्जिलिङद्वारा निर्मित गरिएको हो। स्थानीय दिव्यावाणी प्रेक्षगृहमा आयोजित उक्त कार्यक्रममा हमजायेगाका नातिनी द्वय दिनिता गुरुङ र प्रतिभा मोक्तान, सामाजिक संस्था डीएसएस प्रमुख शशी योञ्जन, नमस्ते फाउन्डेसनका प्रमुख पिडी विश्वकर्मा एवम् भारतीय नेपाली सिने जगतका ख्यातिप्राप्त कलाकारहरू, चलचित्र निर्देशक आदित्य राया प्रमुख रूपमा उपस्थित थिए । उक्त कार्यक्रममा चलचित्रका युवा कलाकारहरूलाई परिचय गराइयो । आज रिलिज गरिएको गीतको बोल ‘हमजायेगा म पनि हमजायेगा-को गायक नवदित कलाकार प्रशान्त गुरुङ रहेको छ भने यसको कोरियोग्राफर अर्जुन गुरुङ रहेका छन्। स्मरण रहोस्, दार्जिलिङका प्रख्यात हाँस्य कलाकार हमजागेयालाई नयाँ पुस्तासम्म पुयाउने उद्देश्यको
साथमा निर्मित यस चलचित्रको उक्त गीतमा युवा कलाकारहरू आदर्श थामी, अन्जली सुब्बा, आर्यन बिसुंखे लगायतको वरिष्ठ सिने कलाकारहरू ललित गोले पाला, देवराज शेर्पा, अरुण प्रकाश राई, हेमन्त गिरीको मुख्य भुमिका रहेको छ भने हमजायेगाको भूमिकामा जीवन गुरुङ रहेका छन्। उक्त चलचित्र चाँडै सार्वजनिक हुने थाहा लागेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *