ढिपडाडा सनराइजिङ क्लबले एक गोल दागेर बने विजयी

IMG_20220806_232032.jpg

गोरुबथान: माल बस्ती डायमन्ड क्लबको आयोजनामा समपन्न नकआउट फुटबल टुर्नामेन्टको आज दोस्रो दिन सनराइजिङ क्लब ढिपडाडा बनाम आरएफएफ ओदलाबाडीमाझ भएको फुटबल खेल खुबै रोमान्चक रह्यो। यस खेलमा ढिपडाडा सनराइजिङ क्लबका खेलाडीहरुले एक गोल दागेर विजयी बनेका छन्।यस खेल अवधि भरिमा सबैभन्दा असल खेल प्रदर्शन गरेर भिमा घिमिरे सनराइजिङ क्लबका खेलाडी म्यान अफ दि म्याच बनेका छन्।
आजको म्यान अफ दि म्याच दाता रत्नबहादुर थापा थिए। उनले आफ्नी दिवंगत आमा स्व. रुक्मणी थापाको स्मृतिमा म्यान अफ दि म्याच ट्रफी प्रदान गरेका थिए। आजको फुटबल खेलमा मुख्य निर्णायक हेमकुमार राई सहायक निर्णायक अलप राई र उमेश थापा थिए। चौथौ निर्णायकको रुपमा राजेश थापा थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *